Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

आँबुखैरेनीको समस्तिपुरबाट लाखौ रुपैयाँ सहित १५ जुवाडे पक्राउ 

आँबुखैरेनीको समस्तिपुरबाट लाखौ रुपैयाँ सहित १५ जुवाडे पक्राउ 

इच्छाकामना न्युज

१४, कार्तिक २०७८
आँबुखैरेनीको समस्तिपुरबाट लाखौ रुपैयाँ सहित १५ जुवाडे पक्राउ 

आँबुखैरेनी, १४ कार्तिक । तनहुँको आँबुखैरेनी गाउँपालिका १ समस्तीपुरस्थित क्विन वि रेष्टुरेण्टमा कौडा खेलिरहेको अवस्थामा १५ जुवाडे पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय तथा इलाका प्रहरी कार्यालय आँबुखैरेनीबाट खटिएको टोलीले १५ जुवाडे पक्राउ गरेको हो ।

images

पक्राउ पर्नेमा प्रकाश खनाल, मेखबहादुर गुरुङ, विनय गुरुङ, देवेन्द्र सेढाई, नारायण गुरुङ, तुलबहादुर गुरुङ, पूर्णबहादुर गुरुङ, विकास गुरुङ, प्रितम गुरुङ, गङ्गाराम मिश्र, अन्जन गुरुङ, आशिष गुरुङ, शिवराज गुरुङ, पूर्णबहादुर गुरुङ र खडकबहादुर गुरुङ रहेको प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।

निजहरुबाट एक लाख १३ हजार नगद, १६ थान कौडा बरामद गरिएको छ । पक्राउ परेका विरुद्ध आज जिल्ला प्रशासन कार्यालयबाट जुवा सम्बन्धी कसुरमा म्याद थप गरिएको छ ।

दिउँसोदेखि लगातार रुपमा ठूलो धनराशीमा कौडा खेलेको गोप्य सूचनाको आधारमा प्रहरीले घर खानतलासी गरेको थियो ।

images
प्रकाशित मिति :कार्तिक १४, २०७८ आइतवार - २०:१६:१९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology