कोरोना भाइरसबाट सङ्क्रमित भएकाहरुको उपचार हुँदै आएको रोमानियाको एक अस्पतालमा आगलागी हुँदा कम्तिमा १० जनाको ज्यान गएको छ । आगलागीका कारण अरु केही गम्भीर घाइते भएका छन् । उत्तर–पूर्वी शहर पिएत्रा निभएमतमा रहेको अस्पतालको सघन उपचार कक्षमा आगलागी भएको हो ।
बिरामीको उद्धार गर्न खोजेका एक डाक्टर जलेर गम्भीर घाइते भएका अन्तराष्ट्रिय सञ्चार माधयमहरूले खबर लेखेका छन् । घाइते डाक्टरलाई आर्मीको विमान मार्फत राजधानी लगिएको छ । विद्युत् सट भएर आगलागी भएको हुन सक्ने रोमानियाका स्वास्थ्य मन्त्री नेलु तातारुले बताउनुभएको उल्लेख छ । सो अस्पतालमा रहेका कोरोना सङक्रमितहरूलाई लासी शहरमा रहेको अर्को अस्पतालमा सारिएको छ ।