Logo

सोमवार, मंसिर १ गते २०८३

images
२०८३, मंसिर १ गते
images

नेपाली मौलिक संस्कृति ‘दुबई एक्सपो’ देखाईयो

नेपाली मौलिक संस्कृति ‘दुबई एक्सपो’ देखाईयो

images

इच्छाकामना न्युज

२७, कार्तिक २०७८
नेपाली मौलिक संस्कृति ‘दुबई एक्सपो’ देखाईयो
images

यूएईमा चलिरहेको ‘दुबई एक्सपो–२०२०’ मा नेपालले आफ्नो मौलिक संस्कृति झल्काएको छ । शुक्रबार ‘दुबई एक्सपो’को नेपाल पेविलियन (स्टल परिसर) मा नेपाली मौलिक संस्कृति झल्किने कार्यक्रम देखाएको हो ।

नेपाल आदिवासी जनजाति महासंघ यूएईको अगुवाइमा किरात राई यायोक्खा समूहले आफ्नो पहिचान झल्काउने भेषभुषा र बाजागाजाकासाथ मौलिक झाँकी प्रस्तुत गरेको हो । झाँकी लोभ लाग्दो बनेको थियो। मौलिक संस्कृति झल्किने भेषभुषासहितको झाँकीहरुको प्रदर्शनीले कार्यक्रम स्थल नेपालमय बनेको थियो।

नेपाली टोलीले प्रर्दशन गरेको झाँकीले ‘दुबई एक्सपो’मा आएका सयौँ विदेशी पयर्टकको ध्यान खिचेको थियो । नेपाली प्रस्तुतीलाई अन्तर्राष्ट्रिय मिडियाहरुले पनि बिशेष प्राथमिकता दिएर झाँकीको फोटो तथा भिडियो कैद गरेका थिए ।

आदिवासी जनजाति महासंघ यूएईका अनुसार अब प्रत्येक शुक्रबार जनजाति महासंघमा आवद्ध संघ–संस्थाले आ–आफ्नो संस्कृति प्रस्तुत गर्नेछन् । दुबई एक्सपो’ मा नेपाली टोलीको नेतृत्व इम्प्लिमेन्टिङ एक्सपर्ट ग्रुप (आइजी)ले गरिरहेको छ। ‘दुबई एक्सपो’ का लागि नेपाललाई २१३ वर्ग फिटको ठाउँ छुट्टयाइएको छ।

‘दुबई एक्स्पो’को लागि २ हजार वर्ग मिटरमा काष्ठमण्डप बनाउन नेपाललाई यूएई सरकारले अस्ट्रेलिया पेविलियनसँगै जमिन दिएको थियो । यूएईको लागि नेपाली राजदूत कृष्ण प्रसाद ढकालले भुमिपुजन पनि गरिसकेका थिए । तर, कोरोना महामारीका कारण काष्ठमण्डप यूएई ल्याउन सम्भव नभएको जनाईएको छ ।

काष्टमाण्डप यूएई ल्याउन नसकिए पनि विश्व समुदायमाझ नेपाललाई चिनाउन २१३ वर्ग मिटरकै पेविलियन भए पनि प्रयोग गरेर नेपाली मौलिकतालाई प्राथामिकचाका साथ प्रस्तुत गरिएको छ । दुबई एक्सपो १ अक्टोबर २०२१ बाट सुरु भएर ३१ मार्च २०२२ सम्म चल्नेछ ।

images
प्रकाशित मिति :कार्तिक २७, २०७८ शनिवार - १७:३२:३३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology