Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

जाडोमा मूला खाँदा फाईदै फाईदा

जाडोमा मूला खाँदा फाईदै फाईदा

इच्छाकामना न्युज

२७, कार्तिक २०७८
जाडोमा मूला खाँदा फाईदै फाईदा
images

जाडोमा मूला खाँदा स्वास्थ्यका लागि धेरै फाइदा हुन्छ । यसको स्वाद मात्र मिठो होइन यसमा भएको गुणकारी तत्वले हाम्रो प्रतिरोधात्मक शक्ति, रक्त चाप र रक्त नलीका लागि पनि धेरै नै फाइदाकारी हुन्छ । धेरै मानिस यसको सलाद खानाको साथमा खान मन पराउँदछन् । आउनुहोस् जाडोमा मूला किन खाने र यसले शरीरमा कस्ता रोगहरुबाट बचाउँछ भन्ने जानौं ।

images
images

प्रतिरोधात्मक शक्ति बढाउँछः मूलामा उच्च मात्रामा भिटामिन सी पाइन्छ । यसले जाडोमा हुने कफ र रुघाखोकी बचाउँदछ । मूला शरीर सुन्निने र हुने जलन कम गर्दछ । साथै यसले बुढो हुन रोक्दछ ।

ब्लड प्रेसर नियन्त्रणः मूला शरीरमा पोटाशियमको मात्रा पूर्ती गर्दछ । यसले गर्दा ब्लड प्रेसर नियन्त्रण हुन्छ । खासगरि हाइपरटेन्सनको समस्या भए मूला आफ्नो डाइटमा समाबेस गर्नु हितकर हुन्छ । आयुर्वेदका अनुसार रगतमा शीतल प्रभाव ल्याउन मूलाको सेवन उत्तम मानिन्छ ।

मुटुको बिरामीः मूला एन्थासायनिनको राम्रो स्रोत हो । यसले गर्दा हाम्रो मुटुले उचित किसिमले काम गर्दछ । दैनिक मूला खाँदा हृदय रोगको खतरा कम हुन्छ । मूलामा फोलिक एसिड र फ्लेवोनोइड्स पनि राम्रो पाइन्छ । मूलाले रगतमा अक्सिजनको आपूर्ति पनि बढाउँदछ ।

फाइबरको उक्त स्रोतः मूलामा फाइबरको मात्रा प्रसस्त पाइन्छ । हरेक दिन मुला सलादको रुपमा खानेको शरीरमा फाइबरको कमी हुँदैन । फाइबरका कारण पाचन प्रणाली सही ढंगले काम गर्दछ । यसका साथै मूलाको सेवनले कलेजो र पित्त थैलीलाई पनि सुरक्षा प्रदान गर्दछ ।

छालालाई मुलायमः छाला फुस्रो हुने समस्या भए हरेक दिन मुलाको जुस पिउँदा फाइदा हुने बताइएको छ । यसका साथै यसले छाला फुट्ने समस्या र डण्डीफोरबाट पनि छुटकारा मिल्दछ । यसलाई कपालमा लगाउँदा चाया पर्ने समस्या हट्ने र कपाल बाक्लो र मजबुत हुने हुन्छ ।

images
प्रकाशित मिति :कार्तिक २७, २०७८ शनिवार - २१:३९:३० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology