Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

कोरोनाका कारण दुई वर्षदेखि रोकिएको मुग्लिन पारि त्रिवेणीको एकादशी मेला यस वर्ष लाग्ने, आजराति लाग्ने मेलाको सम्पूर्ण तयारी पूरा

कोरोनाका कारण दुई वर्षदेखि रोकिएको मुग्लिन पारि त्रिवेणीको एकादशी मेला यस वर्ष लाग्ने, आजराति लाग्ने मेलाको सम्पूर्ण तयारी पूरा

चित्र बहादुर गुरुङ

२८, कार्तिक २०७८
कोरोनाका कारण दुई वर्षदेखि रोकिएको मुग्लिन पारि त्रिवेणीको एकादशी मेला यस वर्ष लाग्ने, आजराति लाग्ने मेलाको सम्पूर्ण तयारी पूरा
images

मुग्लिन, २८ कार्तिक । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ को कारण २ वर्ष देखि रोकिएको त्रिवेणी एकादशी मेला यस वर्ष लाग्ने भएको छ। हरेक वर्षको हरिवोधनी ठुली एकादशीका दिन कालिका युवा क्लव शहिद लखन ३ निभारेको त्रिवेणी थानमा भव्य रुपमा एकादशी मेला लाग्ने गरेको छ। कोरोनाका कारण अघिल्ला २ वर्ष आयोजना हुन नसकेको मेला वातावरण सहज भएसँगै यस वर्ष भने लाग्न लागेको हो।

images
images

यसवर्ष मेला लगाउनका लागि सम्पूर्ण तयारी पूरा भएको क्लवका सचिब पृथ्वी गुरुङले जानकारी दिए। आज रातभर मेला लाग्ने र मेलामा स्थानीय तथा राष्ट्रिय कलाकारहरुको साँस्कृतिक प्रस्तुति रहने उनले बताए। 

पृथ्वी राजमार्ग अन्तर्गत पर्ने मुग्लिन बजारको ठ्याक्कै पारिपट्टी रहेको यो मन्दिर एकादशी मेलाको लागि चर्चित मानिन्छ। यहाँ मेला भर्न देशका विभिन्न स्थानबाट हज्जारौ दर्शनार्थी आउने गर्छ।

images
प्रकाशित मिति :कार्तिक २८, २०७८ आइतवार - ०९:१८:०४ बजे

चित्र बहादुर गुरुङ

पत्रकार चित्र बहादुर गुरुङ इच्छाकामना न्युजका कार्यकारी सम्पादक हुन् भने मनकामना एफ. एम. ९८.७ मेगाहर्जको स्टेशन म्यानेजर र आँबुखैरेनी सन्देश साप्ताहिक पत्रिकाका कार्यकारी सम्पादक समेत हुन्।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology