मुग्लिन, ७ मंसिर । नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशन अन्तर्गत भैइरहेको क्षेत्रिय निर्वाचनमा इच्छाकामना गाउँपालिका ५ मुग्लिनका इन्द्रमाया लामा महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएकी छिन्। उनी सोमबार सम्पन्न नेपाली कांग्रेस चितवन क्षेत्र नं. २ को निर्वाचनबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएकी हुन्।
निर्वाचनमा आदिवासी जनजाती महिलातर्फ उम्मेद्वार रहेकी लामाले ४३८ मत प्राप्त गरेकी थिइन्। उक्त पदमा २ जना निर्वाचित हुनुपर्नेमा ५ जनाको उम्मेद्वारी परेको थियो।