Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

गोरखाको शहिद लखन र गण्डकी गाउँपालिकामा माओवादी केन्द्रको अधिवेशन सम्पन्न

गोरखाको शहिद लखन र गण्डकी गाउँपालिकामा माओवादी केन्द्रको अधिवेशन सम्पन्न

शहिद लखनको अध्यक्षमा रमेशबाबु थापा र गण्डकीको अध्यक्षमा सिताराम रसाईली निर्वाचित

इच्छाकामना न्युज

१२, मंसिर २०७८
गोरखाको शहिद लखन र गण्डकी गाउँपालिकामा माओवादी केन्द्रको अधिवेशन सम्पन्न

गोरखा, १२ मंसिर । जिल्लाको शहिद लखन र गण्डकी गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को पालिका स्तरीय अधिवेशन सम्पन्न भएको छ। ती गाउँपालिकामा शनिबार माओवादी केन्द्रको प्रथम अधिवेशन सम्पन्न भएको हो।

images

अधिवेशनले माओवादी केन्द्र शहिदलखनको अध्यक्षमा रमेश थापा मगरलाई निर्वाचित गरेको छ। गाउँपालिका अध्यक्ष समेत रहेका थापालाई माओवादी केन्द्र शहिद लखनको शनिबार सम्पन्न प्रथम अधिवेशनले पालिका स्तरीय पार्टी कमिटिको अध्यक्षमा निर्वाचित गरेको हो।

यसैगरी उपाध्यक्षमा ध्रुव कुमार खनाल, इन्दिरा तिवारी, कृष्ण अँगाइ, सचिवमा कृष्णबाबु श्रेष्ठ, सह सचिव भरतबाबु खनाल, कोषाध्यक्ष शेर बहादर विश्वकर्मा सहित ५२ सदस्यिय पालिका समिति निर्माण भएको निर्वाचन समितिका सँयोजक रोहिणी प्रसाद खनालले बताए ।

261707429_4883521491698736_3675065143854141667_n.jpg

यस्तै माओवादी केन्द्र गण्डकी गाउँपालिकाको अध्यक्षमा सिताराम रसाइलीलाई निर्वाचित गरेको छ। शनिबारै सम्पन्न माओवादी केन्द्र गण्डकीको प्रथम अधिवेशनले रसाईलीको अध्यक्षतामा ५५ सदस्यीय गाउँकमिटि निर्वाचित गरेको हो।

कमिटिको उपाध्यक्षमा दानसिंङ गुरुङ र मिलन मगराती ‘संगम’, सचीवमा तुलसी रेग्मी लगायतलाई निर्वाचित गरेको छ।

images
प्रकाशित मिति :मंसिर १२, २०७८ आइतवार - ०८:३५:२२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology