Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

संसदीय राजनीति फाफेन, पार्टी राजनीतिमा हारेनन् : ८७ वर्षमा पाँचौ पटक महाधिवेशन प्रतिनिधि

संसदीय राजनीति फाफेन, पार्टी राजनीतिमा हारेनन् : ८७ वर्षमा पाँचौ पटक महाधिवेशन प्रतिनिधि

इच्छाकामना न्युज

१५, मंसिर २०७८
संसदीय राजनीति फाफेन, पार्टी राजनीतिमा हारेनन् : ८७ वर्षमा पाँचौ पटक महाधिवेशन प्रतिनिधि
images

इलाम, १५ मंसिर । नेपाली कांग्रेसका पाका नेतामध्येका एक तोयानाथ भट्टराई 'टीएन' जिल्ला अधिवेशनबाट महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यमा निर्वाचित भए. इलाम-१ बाट महासमिति सदस्यमा सबैभन्दा बढी मत पाएका भट्टराईले महाधिवेशन प्रतिनिधिमा आफ्नो क्षेत्रबाट महाधिवेशन प्रतिनिधि चुनिए ।

images
images

८७ वर्षीय भट्टराईले महासमिति सदस्यमा ४६३ मत र महाधिवेशन प्रतिनिधिमा ३६९ मत पाएका छन् । कांग्रेस जिल्ला अधिवेशनमा पाएको मतले आफूलाई उर्जा पैदा भएकाे उनले बताए ।

‘यो उमेरमा आएर पनि जुन मत पाएको छु  त्यसले ममा उर्जा थपेको छ,' उनले अघि भने, ‘यसले त मेरो आयु नै लम्ब्याए जस्तो लाग्छ ।’

भट्टराई कांग्रेसको आठौँ महाधिवेशन देखि महाधिवेशन प्रतिनिधिको रुपमा सहभागी हुँदैछन् । भट्टराईले यसअघिका चारवटा महाधिवेशन नजिकबाट नियालेका छन् । अब हुने महाधिवेशनको पनि उनी साक्षी हुनेछन् ।

भट्टराईले पार्टीको आन्तरिक चुनावमा कहिल्यै हार ब्यहोर्नु परेको छैन । तर, संसदीय राजनीति भने उनलाई फाफेन । २०४९ मा भएको निर्वाचनमा उनी इलाम क्षेत्रनम्बर १ बाट चुनाव भिडे । तर, हार ब्यहोर्नुपर्‍याे ।  ४९ मा भएको निर्वाचनमा साविकको मेची अञ्चलभरी कांग्रसका कुनै उम्मेदवारले चुनाव नजितेको भट्टराई सुनाउँछन् । झलनाथ खनालसँग हारेका भट्टराई भने कांग्रेसका उम्मेदवा मध्ये सबैभन्दा बढी मत ल्याउने उम्मेदवार भए । १९ हजार हारहारी मत आएको उनले बताए । 

२०५१ को मध्यावधि निर्वाचनमा भने इलामलाई तीन निर्वाचन क्षेत्रमा विभाजन गरियो । १ नम्बर निर्वाचन क्षेत्रमा फेरि भट्टराई, २ मा कुलबहादुर गुरुङ र ३ मा बेनुप प्रसाइले टिकट पाए । दोस्रो पटक भने भट्टराई झिनो मतान्तरले मात्रै पराजित भए । मध्यावधि निर्वाचनमा भने २१० मतले मात्रै पराजित भए । मध्यावधि निर्वाचनमा भट्टराई विरुद्ध बागी परेको थियो ।  

८ वैशाख १९९८ मा बाबु  गजाधर भट्टराई धनकुमारी भट्टराईको काेखबाट जन्मिएका भट्टराई विद्यार्थी जीवनबाटै राजनीतिमा सक्रिय भएका हुन् ।

पञ्चायती व्यवस्थाले बाबु गजाधर मट्टराईलाई पक्राउ गरेपछि आफूमा राजनीतिक चेत सुरु भएको उनी बताउँछन् । सानै उमेरदेखि कांग्रेससँग जोडिएका भट्टराईले पार्टीको तर्फबाट पहिलो पटक बुथ प्रतिनिधिको जिम्मेवारी पाए ।

२०१५ को आमनिर्वाचनमा कांग्रेसको तर्फबाट माबुमा बुथप्रतिनिधि खटिए । त्यसपछि उनको राजनीतिक जीवन सुरु भयो । उनी २०१९ मा प्रधानपञ्च निर्वाचित भए ।

२०३० मा जिल्ला पञ्चायतको सभापति भए । पञ्चायती शासनकै बेला उनी भूमिगत रुपमा रहेको पार्टीको जिल्ला समापति पनि बने । जनमत संग्रहको घोषणा भएपछि भट्टराई बहुदलको पक्षमा खुलेर लागे ।

बहुदलीय व्यवस्था र पार्टीको गतिविधिमा संलग्न हुँनथालेपछि भट्टराई २०४२ सालमा आठ महिना जेल परे । जेलमानै बिरामी भएपछि आठ महिनामा नै जेलमुक्त भए ।

२०४६-०४७ को आन्दोलन सफल भएपछि उनी संसदीय राजनीतिमा जान चाहान्थे । तर, उनको त्यो चाहाना भने पूरा भएन । संसदको चुनाव जित्न नसकेकोमा उनी खासै दु:खी भने छैनन् ।

images
प्रकाशित मिति :मंसिर १५, २०७८ बुधवार - ०८:२३:३६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology