Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

आँबुखैरेनी बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा पुनः अनिल श्रेष्ठ चयन

आँबुखैरेनी बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा पुनः अनिल श्रेष्ठ चयन

इच्छाकामना न्युज

१७, मंसिर २०७८
आँबुखैरेनी बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा पुनः अनिल श्रेष्ठ चयन

आँबुखैरेनी, १७ मंसिर । तनहुँको आँबुखैरेनीमा रहेको आँबुखैरेनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा पुनः अनिल श्रेष्ठ चयन भएको छ। आज सम्पन्न सहकारीको १२ औं वार्षिक साधारण सभा  तथा चौथों अधिवेशनले सहकारीको अध्यक्षमा पुनः अनिल श्रेष्ठ चयन भएको हो।

images

अधिवेशनले श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो। नवगठित कार्यसमितिको उपाध्यक्षमा ऋषि के.सी. सचिवमा कृष्णप्रसाद देवकोटा, कोषाध्यक्ष प्रमोद वाग्ले, सदस्यहरुमा गणेश कुमार श्रेष्ठ, राजन कट्टेल, विष्णुकुमार श्रेष्ठ, तुलसी खनाल र मीरा के.सी. लगायत चयन भएका छन्।

यस्तै अधिवेशनले काजी थापाको संयोजकत्वमा ३ सदस्यीय लेखा समिति पनि चयन गरेको छ। समितिको सदस्यमा अन्जन श्रेष्ठ र दिपक गुरुङ चयन भएका छन्। 

माई छिम्केश्वरी पार्टी प्यालेस एण्ड रेष्टुरेण्टमा सम्पन्न सहकारीको अधिवेशन तथा साधारण सभाको सभापतित्व संस्थाका अध्यक्ष अनिल श्रेष्ठले गरेका थिए भने प्रमुख अतिथि आँबुखैरेनी गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष पूर्ण बहादुर आले रहेका थिए।

यसैगरी कार्यक्रमको संचालन संस्थाका सचिव ऋषि के.सी.ले गरेका थिए भने कार्यक्रममा अध्यक्ष अनिले श्रेष्ठले अध्यक्षको प्रतिवेदन, सचिव ऋषि के.सी.ले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष प्रमोद वाग्लेले आर्थिक प्रतिवेदन समेत प्रस्तुत गरिएका थिए।

images
प्रकाशित मिति :मंसिर १७, २०७८ शुक्रवार - २१:४५:५५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology