Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

रामचन्द्र पौडेलले कांग्रेस महाधिवेशनमा मतदान नगर्ने

रामचन्द्र पौडेलले कांग्रेस महाधिवेशनमा मतदान नगर्ने

इच्छाकामना न्युज

२७, मंसिर २०७८
रामचन्द्र पौडेलले कांग्रेस महाधिवेशनमा मतदान नगर्ने
images

काठमाडौं, २७ मंसिर । नेपाली कांग्रेसकाे १४औँ महाधिवेशनमा सभापतिका लागि पाँच जना प्रतिस्पर्धामा छन् । १३४ पदका लागि आज चुनाव हुँदैछ । तर, लामाे समय संस्थापन इतर खेमाकाे नेतृत्व सम्हाल्दै आएका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल भने मतदान नगर्ने भएका छन् ।

images
images

पाैडेलका स्वकीय सचिव चिरञ्जिवी अधिकारीले पनि यसकाे पुष्टि गरे । 

पाैडेल संस्थापनइतर समूहबाट सर्वसम्मत सभापतिको उम्मेदवार हुनुपर्ने अडानमा थिए । उनी पनि सभापतिका आकांक्षी थिए । तर सहमति जुटन् नसकेपछि पाैडेल सबै तहका प्रतिस्पर्धाबाट बाहिरिए नै मतदानमा नै सहभागी नहुने घाेषणा गरे ।

सभापतिमा शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ प्रतिस्पर्धामा छन् । 

पौडेल रुष्ट भएपछि देउवा उनकाे निवास पुगेका थिए । देउवालाई आफूलाई सहयाेग गर्न वा अरुहरुकाे पक्षमा नखुल्न आग्रह गरेका थिए ।देउवासँगको भेटमा पौडेलले तटस्थ बस्ने बताएका थिए ।

images
प्रकाशित मिति :मंसिर २७, २०७८ सोमवार - ०८:५३:५० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology