Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

तनहुँ आँबुखैरेनी गाउँपालिका भित्रका गुरुङ समूदायले पहिलो पटक एकै ठाउँमा जम्मा भै सामुहिक तमू ल्होसार मनाउदै

तनहुँ आँबुखैरेनी गाउँपालिका भित्रका गुरुङ समूदायले पहिलो पटक एकै ठाउँमा जम्मा भै सामुहिक तमू ल्होसार मनाउदै

काजीकुमार गुरुङको अध्यक्षतामा १३ सदस्यीय ‘तमू ल्होसार मूल समारोह समिति’ गठन

इच्छाकामना न्युज

२९, मंसिर २०७८
तनहुँ आँबुखैरेनी गाउँपालिका भित्रका गुरुङ समूदायले पहिलो पटक एकै ठाउँमा जम्मा भै सामुहिक तमू ल्होसार मनाउदै
images

आँबुखैरेनी, २९ मंसिर । तनहुँको आँबुखैरेनी गाउँपालिका भित्रका गुरुङ समुदायले पहिलो पटक एकै ठाउँमा जम्मा भै सामूहिक रुपमा तमू ल्होसार मनाउने भएको छ। यसका लागि आँबुखैरेनीमा रहेका विभिन्न गुरुङ समाज एवं संघसंस्था प्रमुखहरुको आज बसेको संयुक्त बैठकले काजीकुमार गुरुङको अध्यक्षतामा १३ सदस्यीय ‘तमू ल्होसार मूल समारोह समिति’ गठन गरिएको छ। 

images
images

समितिको उपाध्यक्षमा डोलमाया गुरुङ, सचिवमा दिपक गुरुङ, सह–सचिवमा पृथ्वी बहादुर गुरुङ, कोषाध्यक्षमा रेशम बहादुर गुरुङ र सह–कोषाध्यक्षमा गंगा बहादुर गुरुङ चयन भएका छन्। 

यस्तै, समितिको सदस्यहरुमा बुद्धि बहादुर गुरुङ, चतुरमान गुरुङ, लाल बहादुर गुरुङ, मिलन गुरुङ, मिलन गुरुङ, पूर्ण बहादुर गुरुङ, निति बहादुर गुरुङ र आईतमाया गुरुङ चयन भएका छन्।

265895394_1318498445332673_5946072778213031771_n.jpg

यसैगरी सल्लाहकार समितिमा नेपाल सिंह गुरुङ, खेम बहादुर गुरुङ, तुल बहादुर गुरुङ र विरुमाया गुरुङ चयन भएका छन्। 

माई छिम्केश्वरी तमू समाज आँबुखैरेनीका अध्यक्ष पृथ्वी बहादुर गुरुङले दिएको जानकारी अनुसार मंसिर २० गते बसेको संयुक्त बैठकले आँबुखैरेनी गाउँपालिका ३ मा रहेको गुम्बा र शिवालय मन्दिर परिसरमा मनाउने निर्णय गरेको थियो।

सोहि बैठकको निर्णय अनुसार आज तयारी बैठक बसेको हो। बैठकमा माई छिम्केश्वरी तमू समाज आँबुखैरेनी, आँबुखैरेनी तमू समाज आँबुखैरेनी, तमू प्ये ल्हु संघ ढकालकार इकाई, तमू प्ये ल्हु संघ बरादी इकाई, तमू प्ये ल्हु संघ तिलबारी इकाई, गाउँबेसी तमू समाज, सत्रसय तमू समाज, गिरानचौर तमू समाजको उपस्थिति रहेको थियो।

images
प्रकाशित मिति :मंसिर २९, २०७८ बुधवार - २२:१३:२० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology