Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

चितवनका दिनेश कोइराला नेपाली काँग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित

चितवनका दिनेश कोइराला नेपाली काँग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित

चितवनका दिनेश कोइराला नेपाली काँग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित
images

चितवन, ४ पुस । नेपाली काँग्रेसको केन्द्रीय सदस्यमा चितवनका दिनेश कोइराला निर्वाचित हुनुभएको छ । खुल्ला केन्द्रीय सदस्यतर्फ कोइराला निर्वाचित हुनुभएको हो ।

images
images

कांग्रेसमा ३५ खुला केन्द्रीय सदस्यका लागि भएको मतदानमा ९९ जना प्रतिस्पर्धी थिए । कोइराला २९ नम्वरमा पर्नुभएको छ । औपचारिक घोषणा हुन बाँकी छ ।

खुलातर्फ कोइरालासँगै प्रा.डां.तीर्थराज खनियाँले उमेदवारी दिनुभएको थियो । प्रा.डा. खनियाँ पराजीत हुनुभएको छ ।

चितवनबाट केन्द्रीय सदस्यमा उमेदवारी दिएका बाँकी सदस्यहरूको भने मत परिणाम आइसकेको छैन । केन्द्रीय सदस्यमा उमेदवारी दिनेमा आदिवासी जनजातितर्फ कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, निवर्तमान सभापति टेकप्रसाद गुरूङ र अञ्जनी श्रेष्ठ, आदिवासी जनजाति महिलातर्फ इच्छाकामना गाउँपालिकाकी अध्यक्ष गीताकुमारी गुरूङ, थारूतर्फ साजनकुमार महतो, खसआर्य खुलातर्फ संविधानसभाका सदस्य रामकृष्ण घिमिरे र प्रकाश अधिकारी, खसआर्य महिलातर्फ गीता देवकोटा र दलिततर्फ शान्ति परियारले उमेदवारी दिएका थिए ।

images
प्रकाशित मिति :पौष ४, २०७८ आइतवार - २१:२४:०२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology