Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

आँबुखैरेनीमा १ हजार जना भन्दा बढिले गरे मतदाता नामावली दर्ता

आँबुखैरेनीमा १ हजार जना भन्दा बढिले गरे मतदाता नामावली दर्ता

आँबुखैरेनीमा १ हजार जना भन्दा बढिले गरे मतदाता नामावली दर्ता
images

आँबुखैरेनी, ९ पुस । तनहुँको आँबुखैरेनी गाउँपालिकामा एक हजार जना भन्दा बढिले मतदाता नामावली दर्ता गरेका छन्। निर्वाचन कार्यालयले दोस्रो चरणमा सञ्चालन गरेको अभियान अन्तर्गत मङ्सिर २७ देखि पुस ९ गतेसम्म स्थानीय तहमा नै गरिएको अभियानमा एक हजार तीन जनाको नामावली दर्ता गरिएको हो ।

images
images

आँबुखैरेनी गाउँपालिकाका सूचना प्रविधि अधिकृत निरोज श्रेष्ठका अनुसार पाँच सय ३८ पुरुष र चार सय ६५ महिलाको नामावली दर्ता गरिएको छ । गाउँपालिकाले ६ वटै वडाका नागरिकको सहजताका लागि गते अनुसार नाम दर्ता गराउने व्यवस्था मिलाएको थियो ।

वडा नम्बर १ का दुई सय २२, वडा नम्बर २ का एक सय ३६, वडा नम्बर ३ का दुई सय ७७, वडा नम्बर ४ का एक सय २८, वडा नम्बर ५ का एक सय ८३ र वडा नम्बर ६ का ५७ जनाको नामावली दर्ता गरिएको छ ।

images
प्रकाशित मिति :पौष ९, २०७८ शुक्रवार - १९:५२:५१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology