Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

आँबुखैरेनीको शिवालय मन्दिर नजिकै एक व्यक्तिको शव फेला

आँबुखैरेनीको शिवालय मन्दिर नजिकै एक व्यक्तिको शव फेला

इच्छाकामना न्युज

२०, पौष २०७८
आँबुखैरेनीको शिवालय मन्दिर नजिकै एक व्यक्तिको शव फेला
images

आँबुखैरेनी, २० पुस । तनहुँको आँबुखैरेनी गाउँपालिका(३ शिवालय मन्दिर नजिक मङ्गलबार एक व्यक्तिको शव फेला परेको छ । मन्दिर नजिकै रहेको धर्मशालाको पेटीमा तराई मूलको जस्तो देखिने व्यक्तिको शव फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

images
images

करिब ३० वर्षको पुरुष व्यक्तिको शव फेला परेको र नामथर वतन छैन । स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीका अनुसार घटना सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको छ । ती व्यक्तिको पहिचान खुलाउन आवश्यक प्रयास भइरहेको प्रहरी बताउँछ ।

images
प्रकाशित मिति :पौष २०, २०७८ मंगलवार - २०:५२:३६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology