Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

कोरोनापछि 'कटप्पा' को स्वास्थ्यमा समस्या, अस्पताल भर्ना

कोरोनापछि 'कटप्पा' को स्वास्थ्यमा समस्या, अस्पताल भर्ना

एजेन्सी

२५, पौष २०७८
कोरोनापछि 'कटप्पा' को स्वास्थ्यमा समस्या, अस्पताल भर्ना
images

भारतमा कोरोना संक्रमण उच्च गतिमा बढिरहँदा अधिकांश क्षेत्र प्रभावित भएको छ । 

images
images

त्यसमध्ये चलचित्र क्षेत्र पनि एक हो । कोरोना संक्रमण तिव्र गतिमा फैलिएपछि कतिपय रिलिज हुन ठिक्क परेका फिल्महरु रोकिएका छन् भने कतिपय कलाकारहरु पनि संक्रमित भएका छन् । 

बलिउड र टलिउडमा कलाकारहरु संक्रमित हुनेको सूची लामै रहेको छ । 

केही दिन अघि महेश बाबु पछि 'बाहुबली' फिल्मबाट चर्चामा आएका कटप्पा अर्थात् कलाकार सत्यराज पनि कोरोना संक्रमित भएका छन् । त्यतिमात्र होइन उनको अवस्थामा सुधार नभएपछि अस्पताल भर्ना गरिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । 

रिपोर्टहरुका अनसार केही दिन अघिसम्म फिल्मको सुटिङमा व्यस्त रहेका सत्यराजलाई त्यस समय स्वास्थ्यमा समस्या आएपछि जाँच गरिएको थियो । त्यसक्रममा उनलाई कोरोना पोजेटिभ देखिएको थियो र उनी घरमै आइसोलेट भएका थिए । तर स्वास्थ्य विग्रदै गएपछि उनलाई चेन्नाइको एक अस्पतालमा भर्ना गरिएको छ । तर उनको अवस्थाबारे अस्पतालले औपचारिक रुपमा कुनै जानकारी नदिएको समाचारहरुमा जनाइएको छ । 

 

images
प्रकाशित मिति :पौष २५, २०७८ आइतवार - २०:३७:२७ बजे

एजेन्सी

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology