Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

इच्छाकामना गाउँपालिकामा आज कोरोना विरुद्धको बुस्टर डोज खोप लगाइदै

इच्छाकामना गाउँपालिकामा आज कोरोना विरुद्धको बुस्टर डोज खोप लगाइदै

इच्छाकामना गाउँपालिकामा आज कोरोना विरुद्धको बुस्टर डोज खोप लगाइदै

कुरिनटार, ४ माघ । चितवनको इच्छाकामनामा पनि आज माघ ४ गते अग्रपङ्क्तिमा खटिएका सार्वजनिक सेवामा काम गर्नेले कोभिड –१९ विरुद्ध को बुस्टर डोज खोप लगाउन पाउने भएको छ। अग्रपङ्क्तिमा खटिएका सार्वजनिक सेवामा काम गर्नेलाई माघ ४ गते मंगलबार कोभिड –१९ विरुद्धको बुस्टर डोज खोप दारेचोक स्वास्थ्य चौकी र ट्रमा सेन्टर कुरिनटारमा दिइने जनाइएको छ। 

images

सुचना अनुसार कोभिड –१९ विरुद्ध २०७७ माघ १४ गते देखि चैत मसान्तसम्ममा पहिलो मात्रा लगाएर ६ महिना अगाडि दोस्रो मात्रा पुरा गरिसकेका स्वास्थ्य संस्थामा काम गर्ने स्वास्थ्यकर्मी र कर्मचारी, सबै सुरक्षाकर्मी, सरकारी र निजामती कर्मचारी, पत्रकार, सञ्चारकर्मी, सार्वजनिक फोहर सङ्कलक, सरसफाइकर्मी, एम्बुलेन्स तथा शव वाहन चालक, महिला स्वास्थ्य स्वयंसेविका र बैंकिङ्ग सेवाका कर्मचारीहरुले बुस्टर डोज पाउनेछन् । 

बुस्टर डोजमा खोप लगाउन जादाँ अनिवार्य रुपमा पहिलेको खोप कार्ड लिएर जानुपर्ने छ ।

images
प्रकाशित मिति :माघ ४, २०७८ मंगलवार - ०७:५४:१२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology