Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

आँबुखैरेनी गाउँपालिकाको जनप्रतिनिधि र कर्मचारी गरी १३ जनालाई एकैपटक कोरोना संक्रमण

आँबुखैरेनी गाउँपालिकाको जनप्रतिनिधि र कर्मचारी गरी १३ जनालाई एकैपटक कोरोना संक्रमण

कार्यालयको अधिकांश कर्मचारीमा संक्रमण भएपछि माघ ५ देखि ९ गतेसम्म गाउँपालिका कार्यालय बन्द 

आँबुखैरेनी गाउँपालिकाको जनप्रतिनिधि र कर्मचारी गरी १३ जनालाई एकैपटक कोरोना संक्रमण

आँबुखैरेनी, ४ माघ । तनहुँको आँबुखैरेनी गाउँपालिकाको जनप्रतिनिधि र कर्मचारी गरी १३ जनालाई एकैपटक कोरोना संक्रमण देखिएको छ। सोमबार २ जना कर्मचारीमा संक्रमण देखिएपछि आज मंगलबार अन्य कर्मचारी र जनप्रतिनिधिलाई गरिएको एन्टिजेन परिक्षणमा थप १३ जनामा कोरोना संक्रमण देखिएको हो। 

images

पालिकाका यतिधेरै कर्मचारी र जनप्रतिनिधिमा एकैपटक कोरोना संक्रमण देखिएपछि भोली माघ ५ गतेदेखि ९ गतेसम्म गाउँपालिका कार्यालयबाट प्रदान गरिने सम्पूर्ण सार्वजनिक सेवाहरु बन्द गर्ने भएको छ। गाउँपालिकाले आज सूचना जारी गर्दै कार्यालयको सेवा बन्द रहने जानकारी दिएको हो। 

नियमित रुपमा सार्वजनिक सेवा प्रवाहमा कार्यरत १३ जना पदाधिकारी तथा कर्मचारीलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि सेवा प्रवाह बन्द गर्ने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले जानकारी दिए। गाउँपालिकाका अध्यक्षको मङ्गलबारको निर्णय अनुसार उक्त निर्णय भएको हो ।

सम्बन्धित व्यक्तिसँग सम्पर्कमा रहेका गाउँपालिकाका कर्मचारी तथा पदाधिकारी होम क्वारेन्टिनमा बस्नुपर्ने भएकाले कार्यालयको सेवा स्थगित गरिएको बताइएको छ । गाउँपालिकाले स्वास्थ्य सुरक्षाहरुको मापदण्ड अनिवार्य पालना गरी सुरक्षित रहन आग्रह गरेको छ ।

images
प्रकाशित मिति :माघ ४, २०७८ मंगलवार - १९:५०:१३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology