Logo

बुधवार, कार्तिक २६ गते २०८३

images
२०८३, कार्तिक २६ गते
images

जनताको सेवामा लाग्दा आनन्दको अनुभूति गरेको छुः अध्यक्ष गीता कुमारी गुरुङ

जनताको सेवामा लाग्दा आनन्दको अनुभूति गरेको छुः अध्यक्ष गीता कुमारी गुरुङ

images
जनताको सेवामा लाग्दा आनन्दको अनुभूति गरेको छुः अध्यक्ष गीता कुमारी गुरुङ
images

चितवनको इच्छाकामना गाउँपालिकाको मुख्य अभिभावक अर्थात वर्तमान अध्यक्ष हुनुहुन्छ गीताकुमारी गुरुङ । दारेचोक माझगाउँ माध्यमिक विद्यालयमा कक्षा ५ सम्म अध्ययन गरेपछि सर्वशान्ति मावि कुरिनटारबाट एसएलसी उर्तीर्ण गर्नुभएकी गीता राजनीतिको हकमा सानै उमेरदेखि नेपाली काँग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघमा आवद्ध हुनुभयो । नाताले मामा पर्ने रुद्रबहादुर गुरुङ र टेकप्रसा गुरुङको प्रोत्साहनले राजनीतिमा पाइलो टेक्नुभएकी उहाँ नेपालभरिमै न्युन संख्यामा महिला प्रमुख भएको स्थानीय निकाय मध्य इच्छाकामना गाउँपालिकाको अध्यक्ष हुनुहुन्छ जो कार्य सम्पादनका हिसाबले पनि अब्बल मानिनुहुन्छ । सामाजिक कुरिती र कुसंस्कार विरुद्ध विद्यार्थीकालदेखि नै लड्दै आउनुभएकी गीता जहिले पनि अन्याय अत्याचार विरुद्ध खरो टिप्पणी गर्ने जनप्रतिनिधको रुपमा चितवनमा परिचित हुनुहुन्छ । २०३० सालमा आमा हितमाया र पिता रामबहादुर गुरुङको छेरीको रुपमा जन्मिुनुभएकी इच्छाकामनाको वडा नम्बर ३ मा जन्मिनुभएकी उहाँले अध्यक्ष निर्वाचित भएपछि भौतिक विकासको हकमा कायापलटै गर्नुभएको छ । इच्छाकामना भरि खानेपानीको समस्या समाधान गर्नुभएको छ । पछौटे गाउँहरु हेर्दाहेर्दै आज सुविधाले उज्यालिएका छन् । जनताले यसको ? श्रेय हक्की स्पवभावकी अध्यक्ष गीतालाई दिएका छन् । यिनै गीताकुमारी गुरुङ जसले आफुलाई एक गाउँपालिका इच्छाकामनाको सफल अभिभावकको रुपमा प्रस्तुत गर्नुभयो उहाँसँग इच्छाकामना न्युजका लागि केहिदिन अघि विकास निर्माण सम्बन्धि विषयलाई केन्द्रभागमा राखेर पत्रकार रोहिणीप्रसाद त्रिपाठीले कुराकानी गर्नुभएको थियो । प्रस्तुत छ उक्त कुराकानीको सम्पादित अंशः

–नेपालको पूरै स्थानीय निकायलाई हेर्दा महिला प्रमुख भएको पालिका अत्यन्तै कम छ, तपाई इच्छाकामनाको अध्यक्षमा निर्वाचित हुनुभएको छ, निर्वाचित भएर सेवा थालनी गर्दाको अनुभव कस्तो रह्यो ?
नेपालको इतिहासमा संघियताले ल्याएको नयाँ संरचना अनुसार स्थानीय तहमा महिला प्रमुख देशभरिमा १०/११ जना भन्दा छैनन् तर नयाँ नियम विधान अनुसार जुन प्राप्ति अनुसार मैले अवसर पाएको छु म एकदम खुशी छु । अवसरको साथै चुनौती पनि छ । जनताको सेवामा लाग्दा आनन्दको अनुभूति गरेको छु । राजनीति भनेको समाज सेवा हो त्यसैले काम गर्ने क्रममा महिला हुदाँ यो महिला हो, महिलाले केही गर्न सक्दैँन की भन्ने भ्रम चिरेर चुनौतिको सामना गर्दा सबै महिला दिदीबहिनी खुशी छन् । इच्छाकामनावासी सबै खुशी छन् । यहि नै मेरो लागि गर्वको कुरा हो ।

IMG_9759 - Copy.JPGवडा नं. २ स्थित मैतेसका स्थानीय ज्येष्ठ नागरिकसँग भेटघाट गर्दै गाउँपालिका अध्यक्ष

–राजनीतिमा संलग्न चाहीँ कहिलेदेखि हुनुभयो ? कसको प्रभावले नेपाली काँग्रेसमा आवद्ध हुनुभएको हो ?
राजनीतिमा मेरो विद्यार्थीकाल देखि नै सुरुवात भयो । जुनबेला देशले परिवर्तन खोजेको थियो देशमा प्रजातन्त्रको लागि सडकमा जनता उत्रिदै गर्दा २०४६ सालमा म ने.वि.संघमा क्रियाशिल बनि मेरो राजनीति सुरु भयो । त्यसपछि निरन्तर रुपले महिला संघ, तरुण दलको दारेचोकको अध्यक्ष हुँदै नेपाली काँग्रेसको क्रियाशिल सदस्य लिएर महाधिवेशन प्रतिनिधि नेपाली काँग्रेसको बाह्रौ अधिवेशनमा तेह्रौं महाधिवेशनमा महाधिवेशन महासमिति हुदैँ अहिले १४ औं महाधिवेशनमा पनि महाधिवेशन प्रतिनिधि भएको छु । म नेपाली काँग्रेसमा लाग्नुको कारण चाँहि मेरो परिवार नै नेपाली कांग्रेस, मेरो बाजे पहलमान गुरुङ नेपाली कांग्रेसको पहिलो चुनावमा २०१५ सालमा भोट हालेको र त्यसैगरि बाबा राम बहादुर गुरुङ कांग्रेसको क्रियाशिल सदस्य मामा रुद्र बहादुर गुरुङ पनि राजनीतिमा लागेर गाउँ पञ्चायत हुँदा देखि नै प्रजातन्तत्रको लागि मरि मेट्ने व्यक्तित्व हुनुहुन्थ्यो । त्यस्तै गरेर चितवनको परिवेशमा पहिलाको जिल्ला सभापति टेकप्रसाद गुरुङको प्रेरणाले र नेपाली कांग्रेसको विपि कोइरालाको समाजवादको सिद्धान्तले अभिप्रेरित भएर कांग्रेसको राजनीति विचारमा लागियो । 

–तपाई इमान्दार र मेहनती महिला जनप्रतिनिधिको रुपमा चितवनमा चिनिनुभएको छ । नेपाली कांग्रेसलाई छाडेर अन्य दलका नेता कार्यकर्ताहरुले पनि तपाईको कार्यशैलीलाई रुचाएको देखिन्छ, कुन सुत्र लागू गर्नुभएको छ जसका कारण तपाईको लोकप्रियता बढ्दै गएको महश्ुस भएको छ ? 
म एक त जीवनमा धेरै संघष गरेको व्यक्ति हुँ । संघर्ष मैले मेरो खुशीको लागि भन्दा पनि समाजको लागि गरेको छु । म इमान्दार छु, मेहनती पनि छु । म व्यक्तिगत स्वार्थको लागि कहिल्यैँ आफुलाई सम्झौता गर्दिन । आज मात्र हैन हिजो १६/१७  वर्षको उमेरदेखि नै गरिब दुःखीहरुको सारथी बन्दै आएका छ । कसैको घर आगलागी हुँदा सबैभन्दा पहिला म पुग्थेँ र अन्नपात लत्ताकपडा मागेर भए पनि त्यो परिारलाई पु¥याउन सहयोग गर्थे । साना साना समूहहरु बनाएर थुप्रै महिला दिदीबहिनीहरुलाई चेतना मूलक कार्यक्रमहरुमा जागरुक गराउथेँ । २०४८/४९ मा नै साविक दारेचोकमा ७/८ ओटा आमा समूह निर्माण गरेर आर्थिक वृद्विको लागि थैलि बलियो कार्यक्रम लागु गरेर सबै समूहको सचिव बनेको थिउँ ।

IMG_1191.JPGवडा नं. २ का स्थानीय महिलाहरुसँग भेटघाट गर्दै गाउँपालिका अध्यक्ष

अर्को कुरा मैले बदमासी र बेइमानी गर्न नै सिकिन किनभने सानैदेखि आमा दिदीबहिनीको मायाँ पाएर सामुहिक नेतृत् वगर्ने अवसर मिल्यो । त्यसपछि आइ.कम. सकिने बित्तिकै शिक्षण पेशामा २०५१ साल देखि नै आवद्ध भइयो शिक्षक भएपछि सबैको अभिभावक भइयो । सबैले गुरुआमा मानेर नमस्कार गर्ने, स्कुलमा शिक्षक मात्र भइएन वकिल, डाक्टर, इन्जीनियर आमाबाबु हरेक कुरा गर्न पर्ने त्यसैले म मात्र कर्मठ र इमान्दारीतिर मेरो आनीबानी बढ्दै गयो । बेइमानी र फटाहा त म हेर्न पनि सक्दिन । अहिले गाउँपालिकाको अध्यक्ष भएको छु । सबै पार्टीका साथीहरुसँग समन्वय गरेको छु । कार्यपालिकामा सबै पार्टीका छन् । सबै जनताले अनुमोदन गरेर आएका जनप्रतिनिधिहरु छन् । सबैको उद्देश्य विकास हो विकास गर्ने हो, राजनीति जनताको लागि गर्ने हो । जनतालाई विकास र निकास चाहिएको छ । सबैलाई न्यायको आँखाले हेरेको छु । अन्याय गर्न हुन्न कसैसँग चुक्न हुन्न समाजमा लुक्न पर्दैन । इमान्दार अनुशासन नै प्रष्ट रुपले देखाउन पर्छ । त्यो नै सफल जीवनको मूलसूत्र हो भन्ने लाग्छ । 

21-59-20-131356171_165286422009961_2619823645919821944_n.jpgकुरिनटारमा कोभिड अस्पताल स्थापना गर्दै गाउँपालिका अध्यक्ष र उपाध्यक्ष

–डाडाँकाडाँ र उकाली ओराली प्रशस्तै भएको इच्छाकामना गाउँपालिका भित्र के–कस्ता भौतिक समस्याहरु रहेको देख्नुभयो ?
चितवन जिल्ला भन्नु मात्र थियो र हो । इच्छाकामना गाउँपालिका भनेको चितवन जिल्लाको कर्णाली प्रदेश जस्तै थियो । यहाँ एक टोलबाट अर्को टोलसम्म जानको लागि घण्टौ लाग्ने वार्डबाट गाउँपालिकाको सदरमुकाम आइपुग्न दुई दिन लाग्ने, प्रत्येक नागरिकले खानेपानी घण्टौ लागेर भरेर खानुपर्ने बाटोघाटोको असुविधा, बिजुली बत्ती नभएको, स्वास्थ्य उपचार गर्ने ठाउँ नभएको, यस्तो बस्ती थियो हिजोको दिनमा तर आज स्थानीय सरकारमा हामी जनप्रतिनिधि भएर आएपछि सबै ठाउँमा विकासको मूलहरु फुटाएका छों । ठाउँठाउँमा सडक संजाल छ । खानेपानी स्वास्थ्य चौकीहरु विभिन्न संरचनाहरु तयार भएको छ । बन्दैछ । जनताले अनुभूति गरेका छन् । हामीले गर्व गर्न पाएका छौं । यो हाम्रो संघियताले दिएको नायँ अनुभवसँगै दिएको उपहार हो । 

53381745_939138432948492_6577658000536764416_n.jpgगाउँपालिकाद्वारा छोरी बचत खाता कार्यक्रमको समुद्घाटन समारोह

–तपाईको कार्यकालमा अहिलेसम्म कति किलोमिटर कालोपत्रे सडक निर्माण भए ? 
अहिलेसम्म इच्छाकामना गाउँपालिका भएपछि जनताको जनप्रतिनिधि भएर हामी आयौ तब धेरै सडकहरु निर्माण भएको छ । इच्छाकामना गाउँपालिका चार गाविस मिलेर बनेको हो जसमा आजसम्म करीब सै लामो छोटो दूरी गरेर बरिब ५०० किलोमिटर सडक निर्माण भइसकेको छ । सबै वार्डमा सडक बनेर प्रत्येक टोल जहाँ १६५ वटा टोल छन् । गाउँपालिका भरि सबै टोल सडकले जोडिएको छ । कुनै टोल पुग्न हिड्न पर्दैन । एउटा वार्ड भरि रिङरोड जस्तै भएको छ । वार्ड नं. ५ वर्डा नं. ४ यी वर्डामा रिङ रोड नै बनिसकेको छ । कालोपत्रे धेरै निर्माण हुन सकेको छैन करिब ढलान पिच सहित ६ किलोमिटर सडक कालोपत्रे सुरुवात भएको छ । अब आउने आर्थिक वर्षबाट सबै कालोपत्रे ढलान पिचको काम अगाडि बढ्छ । 

–नयाँ सडकको लागि रेखांकन विस्तार र ग्राभेलवाला सडक निर्माण प्रक्रिया पनि अघि बढेकै होला, अवस्था के छ ?
नयाँ सडकको रेखांकन मात्र हैन सबै ठाउँमा सडक कच्चि रुपले पु¥याइसक्यौ अब सबै सडकको लागत कट्टा गर्ने र ग्राबेल, कालो पत्रे, ढलान पिच, सुरक्षित यात्राको लागि गुणस्तरीय सडक बन्छ ।

–इच्छाकामनाका जनतालाई पानी र बिजुलीको सुविधा कुन हदसम्म पुगेको छ, केही जानकारी दिनुहुन्छ की ?
इच्छाकामनाको नागरिकलाई हिजोको दिनमा दैनिक मुहानमा गएर घण्टौ लगाएर डोकामा गाग्रो राखेर पानी भरेर खान पथ्र्यो तर आज हामी जनप्रतिनिधि भएर आएपछि ‘‘मुहानदेखि मुखसम्म’’ भन्ने नाराका साथ प्रत्येक घरमा एक घर एक धारा निर्माण गरेका छौं । करिब ५ हजार घरधुरी एकघर एकधारा निर्माण भइसकेको छ । इच्छाकामनाका नागरिकले जहाँ यस्तो वस्ती छ वार्ड नम्बर एकको ज्यानदाला, वार्ड नं. ६ को ढुङ्ग्रे इनार पानी इच्छाकामना मन्दिर यी स्थानहरुमा कल्पना पनि थिएन होला की घरघरमा पानीको धाराको सुविधा होला तर आज हेर्नुस् त लिफ्टिङ्ग सिस्टमबाट धारामा कलकल पानी झरेको अवस्था छ । ओहो ! मेरो त गर्वले छाती फुल्छ । झन् नागरिकहरु त कति खुशी भएका छन् । खुशी भएर मनैदेखि हाँसेर धन्यवाद दिइरहेका छन् । बिजुली सबै वार्डमा पुगेको छ । विकासको मूल आधार भनेकै सडक हो । सडक पुगेपछि सबै बन्छ । वार्ड नम्बर १ देखि ७ सम्म विद्युतीय सेवा विस्तार भएको छ । अलिकति वार्ड नम्बर २ मा पूर्णता दिन सकिएको छैन । ९०/१० को कार्यक्रम अन्तर्गत आव २०७६/०७५ मा नै ६६ लाख रुपैयाँ विनियोजित गरेको, विद्युत महासंघबाट ६ करोड माग गरी टेन्डर प्रक्रिया अगाडि बढाइएको तर केन्द्रीय कार्यक्रम नागढुङ्गाबाट तल झर्न सकेन । तर केहि छैन । अहिले हाम्रो आफ्नै पहलमा वार्ड नम्बर २ को काउले तोवाङ सबै स्थानमा पोल तारहरु जडान भइसकेको छ । केही दिनमा बत्ती बल्छ । बाँकी अन्य सबै वार्डमा झिलिमिली बत्ती बलेको छ । 

IMG_0850.JPGवडा नं. ७ मा निर्माणधिन सिंचाईको अनुगमन गर्दै अध्यक्ष

–तपाईको कार्यकालमा भएका मुख्यमुख्य विकासका गतिविधिहरु के–के हुन् ? ती मध्य कुनै एक मुख्य विकासको परियोजना सफलताबारे जानकारी पाउन सकिएला ? 
इच्छाकामना गाउँपालिकाको स्थानीय नारा छ । ‘‘सुखी, खुशी, समृद्ध इच्छाकामना कृषि पर्यटन र पूर्वाधार हाम्रो चाहना !’’ भन्ने नाराका साथ हामीले आफ्नो कार्यक्रम अगाडि बढायौं । सोही अनुसार चाहना र आवश्यकता अनुसार सबै विकास आवश्यकताले निम्त्याएको हो । सबैले अनुभूति गरेको विकास नै विकास हो यो नै भन्नु भन्दा पनि बालकले पनि अनुभूति गरेको छ । मुख्य कुरा बालिका बचतको लागि खातामा १० हजार राखेर सुरु ग¥यौ । किसानलाई ‘एक बोट, दशको नोट’ कार्यक्रम शुरु ग¥यौं । किसानको लागि धेरै गरिएको छ । हातमा कलम नहुनेहरुको लागि निःशुल्क शिक्षा लागू ग¥यौं । सिटामोल नपाएर मृत्यु हुने अवस्थालाई मुक्त गर्न करिब ९ वटा स्वास्थ्य चौकी निर्माण ग¥यौ । पर्यटनको लागि सबै पर्यटकीय स्थलको पूर्वाधारहरु खडा ग¥यौं । १० कक्षा पास पछि माथिल्लो कक्षा जान सक्ने अवस्था थिएन । सबै माविलाई कक्षा १२ सम्म पु¥याउदैछौं । घर नभएकालाई करिब ५५ घर बनाएर नमुना वस्ती बनाउदैछौं । खरको छाना मुक्त गर्दैछौं । के–के छन् र विर्सनलायक सबै सम्झिन लायक र स्मरणीय छन् । इच्छाकामनामा हाम्रो विकासका कार्यहरु हेर्नुस् त बच्चाले अनुभूति गरेको छ, युवाले अनुभूति गरेको छ, महिलाले, अपाङ्गले, ज्येष्ठ नागरिकले, शिक्षक सबैले अनुभूति गरेको विकास नै विकास हो यो कसैले बिर्सन सक्दैन, बिर्सन पनि हुन्न ।

IMG_0819.JPGवडा नं. ७ मा विपन्न वर्गका लागि गाउँपालिकाले निर्माण गरिदिएको घर (नमूना वस्ती)

–शिक्षा र स्वास्थ्य सम्बन्धि तपाईले के कस्ता सुविधा उपलब्ध गराउनुभयो इच्छाकामनाका जनतालाई थोरै प्रष्ट्याइदिनुहुन्छ कि ?
शिक्षाको कुरा गर्दा म आफैँ शिक्षकबाट आएाके मान्छे हो । त्यसकारण शिक्षाको लागि के आवश्यकता छ भन्ने कुरा पूर्ण ज्ञान ममा धेरै गरेको छु । शुरुमा आउने बित्तिकै शिशु शिक्षकलाई १० हजार तलब बनाएर प्रोत्साहित गरियो । निजी शिक्षक जसले ४ हजारमा मात्र दिनभरि अध्ययन गराउन पथ्र्यो आज २० हजार बनाएको छु । शिशुलाई १६ हजार, कार्यालय सहयोगी १५ हजार, लेखापाल १७ हजार बनाएको छु भने सबै विद्यालयलाई एक ल्यापटप, विद्यालय बसको व्यवस्थापन, विद्यार्थीलाई बस्ने छात्रावास, खाजा व्यवस्थापन मुख्य कुरो अध्यक्षसँग स्वास्थ्य कार्यक्रम अन्तर्गत माविमा स्टाफ नसको व्यवस्था छ । माविमा १२ कक्षा अनिवायृ गर्नुपर्ने विद्यार्थी स्वास्थ्य कार्यक्रम सबै छन् । स्वास्थ्यमा छात्रवृत्तिको व्यवस्थापन गरिएको छ । प्राविधिकधारको विद्यार्थीलाई एकलाख उपलब्ध गराइएको छ । स्वास्थ्य सुविधा उपलब्ध गराउने उद्देश्यले इच्छाकामना अस्पताल चाडै निर्माण हुँदैछ । हिजो एउटा सुत्केरी झोलुङ्गोमा बोकेर ल्याउँदै गर्दा बाटोमै मृत्यु हुन्थ्यो आज सबै ठाउँमा बर्थिङ्ग सेन्टर स्थापना गरेका छौं । ट्रमा सेन्टरलाई पनि व्यवस्थित गरेका छौं । एउटा वार्डमा दुईओटा स्वास्थ्यचौकी निर्माण गरेका छौं । ज्येष्ठ नागरिक स्वास्थ्य जाँच, सुत्केरी, गर्भवती भेटघाट यी सबै गरेका छौं । हिजो ज्वरो आउँदा, पखाला लाग्दा किन र कसरी लाग्यो थाहा हुन्नथ्यो आज सबै स्वास्थ्य चौकीमा ल्याबको व्यवस्था गरिएको छ । हिजो एम्बुलेन्स थिएन, आज जनताको स्वास्थ्यलाई उच्चतम प्राथमिकता दिएर एम्बुलेन्सको व्यवस्था गरेका छौं । एक र दुई अनि सातको लागि यो वर्ष बजेट बिनियोति छ । खरिद प्रक्रिया अघि बढेको छ । चेपाङ्गलाई सबै स्वास्थ्य उपचार निःशुल्क गर्भवतीलाई एम्बुलेन्स फ्रि गरिएको छ ।

93189146_1236441396551526_8252594052252303360_n.jpgलकडाउनका कारण प्रभावित नागरिकलाई उद्दार गरि पठाउने कार्यमा क्रियासिल अध्यक्ष

–पदावधि सकिन केहि महिनामात्रै बाँकी छ । यसबिच तपाईले के–के विकासका काम गर्ने लक्ष्य लिनुभएको छ ?
पद भन्ने कुरा सकिन्छ फेरि आउँछ । काम त धेरै गरेको छु, अझै गर्न बाँकी छन् । अब इच्छाकामना अस्पताल छिट्टै बनाउने, इच्छाकामना प्रशासकीय भवनलाई पूर्णता दिने, राजमार्ग सोलार सम्पन्न गर्ने, वार्ड कार्यालय बन्दैछ । सम्पन्न भएका यिनै हुन् बाँकी रहेको सबै सम्पन्न गर्ने हो ।

–तपाईले इच्छाकामनाका जनतालाई दिनुभएको भौतिक विकासको आश्वासन कति पूरा भए अब कति बाँकी छन् ? 
मैले झुटो कुरा बोलिन । चुनावमा भोट माग्दै जाँदा नसक्ने र काल्पनिक कुरो बोलिन जे बोलें त्यो पूरा भएको छ । व्यक्तिवादी पार्टीवादी, आश्वासन दिइन । समाजवादी विकासवादी कुरा गरियो, त्यो अनुरुप भएको छ । सबै नागरिकले अनुभूति गरेका छन् । विकास भनेको समयले माग्दै जान्छ । नयाँ नयाँ प्रविधि आउँछन् सोही अनुसार माग हुदैँ आउँछ, पूरा गर्दै जाने हो । बाँकी कामहरु कति छन् गरौला, अझै नभ्याएमा अर्को पटक गर्नेछु ।

179691262_1522511424611187_7881353174049470355_n.jpgगाउँका स्थानीय नागरिकहरुसँग गाउँमै पुगेर भेटघाट छलफल गर्दै अध्यक्ष

images
प्रकाशित मिति :माघ ५, २०७८ बुधवार - १०:२७:५३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology