Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

शिक्षा सबैको पहुँचमा पुर्‍याउने योजना छः आँबुखैरेनी अध्यक्ष शुक्र चुमान

शिक्षा सबैको पहुँचमा पुर्‍याउने योजना छः आँबुखैरेनी अध्यक्ष शुक्र चुमान

पत्रपत्रिका

४, माघ २०८०
शिक्षा सबैको पहुँचमा पुर्‍याउने योजना छः आँबुखैरेनी अध्यक्ष शुक्र चुमान

आँबुखैरेनी गाउँपालिका गण्डकी प्रदेशको प्रवेशद्वार हो । पृथ्वी राजमार्गले यो गाउँपालिकालाई उत्तरतर्फबाट छिचोलेको छ भने गोरखा राजमार्गले पूर्वपट्टिबाट काटेको छ । प्रदेश तथा केन्द्र राजधानीसँग नजिक रहेको यो गाउँपालिकाको विकास र समृद्धिका लागि प्रचुर सम्भावना छ । नेकपा माओवादी केन्द्रका तर्फबाट निर्वाचित गाउँपालिका अध्यक्ष शुक्र  चुमानसँग गोरखापत्रका तनहुँ समाचारदाता अमरराज नहर्कीले गर्नुभएको कुराकानी :  

images

डेढ वर्षको अवधिमा के कस्ता काम गर्नुभयो ? 

ठुलाठुला पूर्वाधार र विकासका कुराभन्दा पनि जनतासँग प्रत्यक्ष जोडिएका जनजीविकाका समस्या हाम्रो प्राथमिकतामा परेका छन् । सामाजिक, स्वास्थ्य, शिक्षा, आर्थिक विकासमा कृषि, पर्यटन, उद्यम विकास र सुशासनलाई प्रमुख एजेन्डा बनाएर काम गरिरहेका छौँ । यो अवधिमा थुप्रै दीर्घकालीन महìवका कामको सुरुवात गरेका छौँ । 

सामाजिक सुरक्षा भत्ता गाउँ गाउँमा नै पुगेर वितरण गरिएको छ । गण्डकी प्रदेश अन्तर्गतको पृथ्वी राजमार्गको दमौलीदेखि मुग्लिन खण्डमा कुनै पनि अस्पताल थिएनन् । दमौलीपूर्वका बासिन्दा सामान्य बिरामी हुँदा पनि उपचारका लागि चितवनको भरतपुर पुग्नुपर्ने बाध्यता थियो । सामान्य होस् या जटिल बिरामी भएका बेलामा गाउँमा चल्ने पिकअप जिपलाई रिजर्भ गरेर एक दिनभरि लगाएर भरतपुर जानुपर्दा यहाँका गरिब किसानको उपचार खर्च धेरै हुन्छ । ठुलो हिस्सा त सडकको भाडामा नै खर्च हुन्छ । अर्कोतिर प्रमुख राजमार्गको करिब ७० किमी सडकखण्डमा कुनै पनि अस्पताल नहुँदा अनि भिडियो एक्सरेको व्यवस्था नहुँदा सवारी दुर्घटनाकै कारण पनि मृत्यु हुनेको सङ्ख्या वृद्धि भइरहेको छ । यो कथालाई जसरी पनि बदल्नु पर्दछ र आधारभूत स्वास्थ्यको जिम्मा संविधानतः पालिकाको भएकाले आधारभूत अस्पतालको स्थापना गर्नु पर्दछ भनेर आँबुखैरेनी अस्पताल स्थापना र सञ्चालन गर्न सफल भयौँ । 

हामी निर्वाचित भइसकेपछि सार्वजनिक शिक्षालाई निःशुल्क बनाउने लक्ष्य अनुसार हाल पहिलो चरणमा ३२ विद्यालयमध्ये ३० वटामा पूर्ण निःशुल्क र एउटामा प्राथमिक तहसम्म निःशुल्क बनाउन सफल भएका छौँ । बाँकी विद्यालयमा पनि व्रmमशः निःशुल्क बनाउंँदै लैजाने योजना रहेको छ । सार्वजनिक विद्यालयप्रति विश्वास र भरोसा जगाउन सम्पूर्ण जनप्रतिनिधिका छोराछोरीलाई सामुदायिक विद्यालयमा भर्ना गराउने निर्णय गरिएको छ । पढ्दै कमाउँदै र शिक्षासँग सिप कार्यव्रmम अन्तर्गत विभिन्न विद्यालयमा फूलखेती, लोकल कुखुरापालनलगायतका काम भइरहेका छन् र यसबाट विद्यार्थी उत्साहित छन् । अर्को शिक्षाको गुणस्तर वृद्धि गर्न सक्षम र अनुभवी संस्थासँग लागत साझेदारी गरी सहकार्य गरिएको छ  ।  

पर्यटनबाट आम्दानी बढाउने पालिकाको योजना अनुसार ऐना पहरामा ढुङ्गामा मूर्ति कुँदेर आकर्षक गन्तव्यको रूपको विकास गर्ने काम भइरहेको छ । मस्र्याङ्दी जलविद्युत् केन्द्रको जलाशयमा मोटरबोटलगायत साहसिक जल व्रिmयाकलाप सञ्चालन गरी पर्यापर्यटन विकास गर्ने कार्य अन्तिम चरणमा पुगेको छ । वडा नम्बर १ मा रहेको आँधीमूलमा सानो जलाशययुक्त हाइड्रोपावरको सम्भाव्यता अध्ययन भइरहेको छ । स्थानीय उत्पादनलाई प्रवर्धन गर्न शुक्रबारे हाटबजार सञ्चालन गरिएको छ । पालिकालाई प्रविधिमैत्री बनाउने र अनलाइन प्रणालीलाई जोड दिएर सिफारिसलगायतका कुराका लागि पालिका आउनु नपर्ने बनाउन लागिएको छ ।  

काम गर्दा चुनौतीको सामना गर्नु परेको छ ?

काम गर्दै जाँदा चुनौती त हुने नै भए तर हरेक चुनौतीलाई अवसरका रूपमा लिएर हामी अगाडि बढेका छौँ । संविधानले दिएको मौलिक हकको ग्यारेन्टी गर्न पालिकासँग जुन स्रोत हुनु पर्दथ्यो त्यो छैन । एकातिर जनताको विकासप्रतिको तीव्र चाहना र अर्कोतिर स्रोतको सिमितताको विरोधाभासमा हामी छौँ । तीन तहको सरकारको स्पष्ट कार्यक्षेत्र नहुनाले पनि कतिपय प्राथमिकताका क्षेत्रमा काम गर्न अप्ठ्यारो भएको छ  । विशेष गरी सङ्घ र प्रदेशबाट साना साना योजनामा बजेट विनियोजन गर्ने प्रणाली घातक छ । यसबाट काम सम्पन्न गराउन सम्भव छैन । 

सीमान्तकृत समुदायका बासिन्दाको जीवनमा परिवर्तन ल्याउनुभयो ?

हाम्रो पालिकामा चेपाङ, भुजेललगायतका सीमान्तकृत समुदाय छन् । उनीहरूका लागि शिक्षा, स्वास्थ्यलगायत गाँस, बास र कपासको ग्यारेन्टी गरेका छौँ । विद्यालयको पहुँच सबैलाई पु¥याएका छौँ । परम्परागत रूपमा जीवनयापन गर्न प्रयोग गरिरहेको बाँसजन्य सामग्री निर्माणलाई आधुनिक तरिकाले गर्न तालिम प्रदान गरिएको छ ।  

सुशासन कायम गर्न पहल गर्नुभएको छ ? 

सुशासनबिना समृद्धि सम्भव छैन । यसका लागि सरकार जवाफदेही र पारदर्शी हुनु पर्दछ । त्यसैले राजस्व, दर्ता चलानी, योजना र आन्तरिक प्रशासनिक कार्य पूर्णतया प्रविधिमा आधारित छन् । पालिकाभित्र र हरेक वडामा नागरिक सहायता कक्षको व्यवस्था गरिएको छ । सेवाग्राहीको काम सोही सहायता केन्द्रमार्फत गरिएको छ । समयानुकूल अन्य पक्ष सुधार गर्दै अघि बढ्ने योजनामा छौँ । 

कृषि क्षेत्रको विकासमा पनि काम भएको छ ?

कृषि सहकारीमार्फत उन्नत बिउ, विषादीको वितरण, भण्डारणका लागि कोल्ड स्टोरको व्यवस्था गरिएको छ । किसानलाई प्रोत्साहनस्वरूप दुधमा प्रतिलिटर तीन रुपियाँ अनुदान दिइएको छ । यसलाई बढाउने योजनामा छौँ । कृषकको गाई, भैँसी र बाख्राको बिमा पालिकाले गरिदिने कार्यव्रmम कार्यान्वयन गरिएको छ । 

आँबुखैरेनी रङ्गशाला बनाउने योजना कागजमा मात्र सीमित भएको हो ? 

रङ्गशालाका लागि चाहिने पूर्वाधार, सडक, खानेपानी, सरसफाइ भइरहेको छ । रङ्गशाला निर्माण गर्न ठुलो रकमको आवश्यकता पर्ने भएकाले सङ्घीय सरकारसँग निरन्तर पहल गरिरहेका छौँ । 

बेरोजगारी समस्याको अन्त्यका लागि केही काम भएको छ ?

युवालाई स्वरोजगार बनाउने उद्देश्यले कृषिलाई प्राथमिकतामा राखी स्थानीयस्तरमा उद्योग सञ्चालन गरेका छौँ । सिप विकासका तालिम सञ्चालन गरेका छौँ । स्थानीय उत्पादन बिव्रmी गर्न बजारको ग्यारेन्टी गरेका छौँ । 

भावी योजना के छन् ?

आँबुखैरेनी आधारभूत अस्पताललाई विशेषज्ञ सेवासहितको अस्पतालमा रूपान्तरण गर्ने, सार्वजनिक शिक्षालाई पूर्ण निःशुल्क र सबैको पहुँचमा पु-याउने । सार्वजनिक शिक्षाको गुणस्तरमा सुधार गर्ने, स्वरोजगारका कार्यक्रम सञ्चालन गर्ने, स्थानीयस्तरमा घरेलु उद्यमशीलताको विकास गर्ने योजना छन् । प्राविधिक शिक्षालयको स्थापना गर्ने, विश्वविद्यालयको आङ्गिक क्याम्पस स्थापना गर्न पहल गर्ने र पूर्ण प्रविधिमैत्री पालिका बनाउने योजना बनाएका छौँ ।  गोरखापत्र दैनिकबाट

images
प्रकाशित मिति :माघ ४, २०८० बिहिवार - १०:१३:३४ बजे

पत्रपत्रिका

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology