Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

पर्यटनबाट नै समृद्धि गरि आत्मनिर्भर नेपाल बनाउन मेरो उम्मेद्वारी हो : काठमाण्डौ ५ का प्रतिनिधि सभाका स्वतन्त्र उम्मेद्वार श्री गुरुङ

पर्यटनबाट नै समृद्धि गरि आत्मनिर्भर नेपाल बनाउन मेरो उम्मेद्वारी हो : काठमाण्डौ ५ का प्रतिनिधि सभाका स्वतन्त्र उम्मेद्वार श्री गुरुङ

इच्छाकामना न्युज

३०, कार्तिक २०७९
पर्यटनबाट नै समृद्धि गरि आत्मनिर्भर नेपाल बनाउन मेरो उम्मेद्वारी हो : काठमाण्डौ ५ का प्रतिनिधि सभाका स्वतन्त्र उम्मेद्वार श्री गुरुङ

काठमाडौं । श्री गुरुङले आसन्न निर्वाचनका लागि प्रतिनिधिसभा सदस्य पदमा काठमाडौं–५ बाट स्वतन्त्र उम्मेदवारी दिएका छन् । पर्यटन व्यवसायी गुरुङले आफ्नो नारा ‘पर्यटन नै समृद्धिको आधार, देशमा विकास र युवालाई रोजगार’ भन्ने बनाएका छन् ।  निर्वाचन आयोगबाट क्यामेरा चुनाव चिह्न लिएर प्रतिस्पर्धामा उत्रिएका गुरुङ अहिले निकै चर्चामा पनि छन् । उनको निर्वाचन क्षेत्रमा दलका प्रतिनिधि र स्वतन्त्र गरी ३० जनाको उम्मेदवारी परेको छ । र, गुरुङ आफू विजयी हुनेमा निश्चिन्त छन् । गुरुङसँग कपोरेट नेपालकी फुर्पा शेर्पाले गरेको कुराकानीः

images

पर्यटन व्यवसाय गर्दा गर्दै राजनीति तिर जाने सोच कसरी आयो तपाईंलाई ? 
म पर्यटन व्यवसायी मात्रै होइन्,  पत्रकारितामा पनि पीएचडी गर्दै छु । पत्रकारितामा पनि राजनीति सम्बन्धी नै पीएचडी गर्न लागेको हो । ‘इन्फ्लूअन्स अफ ब्लग इन् पोलिटिक्स्’भने विषयमा अनुसन्धान गरिरहेको छु । मैले मास्टर र पीएचडी दुईमा राजनीतिलाई नजिकबाट हेरिरहेको थिए । पछिल्लो समय जुन राजनीतिक दलहरुप्रति वितृष्णा फैलिँदै पनि गएको छ र आशा पनि मर्दै गएको छ । पहिला सविधान बनोस्, त्यसपछि सबै कुरा राम्रो हुन्छ होला भन्ने सोचियो । त्यसरी नै आम जनताले आशा गरेका थिए । तर पाँच वर्ष पनि खेर गर्यो । संसदले हाम्रो भविष्य निर्धारण पनि गर्ने भएकाले त्यो ठाउँमा बुझेका र इमान्दार मानिसहरु जानुपर्छ भन्ने लाग्यो । यदि हामी जस्ता व्यक्तिहरुको संसदमा प्रतिनिधित्व नहुने हो भने देश आर्थिकरुपमा थप जरजर हुन्छ । हामीले जुन सुकै व्यवसाय गरे पनि देश डुब्नै लाग्यो भने त हाम्रो के नै महत्व रहयो र देशमा ? यसै कुराले गर्दा राजनीतिमा लाग्नुपर्ने स्थिति आएर उम्मेदवारी दिएको हो । 

तपाईं अहिले जुन व्यवसायमा हुनुहुन्छ, पर्यटन क्षेत्रमा, यसमा समस्या के के छन् ?
मैले प्रतिनिधिसभा सदस्य पदको उम्मेदवारी दिएको नै देशको गरिबी र वेरोजगारी समस्यालाई देखेर हो । यो दुई कुरालाई समाधान गर्यों भने हाम्रो क्षेत्र पनि राम्रो हुन्छ । देश पनि विकास र जनताको जीवनस्तरमा सुधार आएको देख्न सकिन्छ । त्यस कारण मैले विकास र रोजगारीलाई प्रमुख मुद्दा बनाएर उम्मेदवारी दिएको । 

यदि तपाईंले चुनाव जित्नुभयो भने पर्यटन व्यवसायका लागि के–के गर्नु हुन्छ ?
निजी क्षेत्रहरुलाई र विदेशी लगालीकर्ताहरुलाई ल्याउने वातावरण सिजना गर्ने नीति निर्माण गर्न भूमिका खेल्छु । दबाब दिन्छु । उद्योग व्यवसाय सञ्चालनमा रहेको कठिनाईहरु हटाउन पहल गर्छु । पर्यटन क्षेत्रको कुरा गर्दा यस क्षेत्रको मुख्य कुरा भनेकै कसरी प्रवर्द्धन गर्ने ? र नेपाललाई विश्वको आकर्षक पर्यटकीय गन्तव्य बनाउने भन्ने हो । अहिले पर्यटन प्रवर्द्धन राम्रो तरिकाले हुन सकेको छैन् कि भने गुनासो पर्यटन व्यवसायीहरुको छ । म आफू पनि यति लामो समय अनुभव गर्दा पर्यटन प्रवर्द्धन प्रभावकारी हुन् नसकेको महशुस गरेको छु । प्राकृतिक रूपमा त हाम्रो देश जतिको धनी सायदै अरु देश होला । विश्कै अग्ला हिम श्रृंखला छन् । विश्कै प्रमुख धर्म बुद्ध धर्मका जन्मदाता यही जन्मनुभएको हो । हामीले यी दुई विषयलाई मात्र प्रवर्द्धन गर्न सक्यौ भने देश आर्थिकरूपमा समृद्ध बनाउन धेरै समय लाग्दैन । 

तपाईंले पर्यटन प्रवर्द्धनको मुद्दामा बढी जोड दिनुभएको छ । यस क्षेत्रबाट मात्रै देश विकास संभव छ र ? 
पर्यटन क्षेत्रमा मेरो लामो अनुभव छ । यो नै मेरो सबैभन्दा बलियो पक्ष हो । अर्को कुरा मेरो एजेन्डा र योजना देश र जनताको हितका लागि छ भन्ने मेरो बुझाइ हो । देशमा कति पर्यटक भित्रिंदा प्रत्यक्ष अप्रत्यक्ष रोजगारी सिर्जना कति हुन्छ ? भन्ने कुरा पनि हामीले बुझेका छौँ । पर्यटन क्षेत्रमा निकै कम लगानी गर्दा पनि प्रतिफल धेरै पाइने हाम्रो अनुभवले पनि बताएको छ । केही नीतिगत सुधार गर्ने बित्तिकै यो क्षेत्र निकै माथि पुग्छ । देशलाई यही क्षेत्रले समृद्ध बनाउन सक्छ । 

पर्यटक आगमनको संख्या दोब्बर बनाउन के गर्नु पर्ला ? के कस्ता नीति अपनाउनु पर्ला ?
नेपालमा पर्यटकहरु ल्याउनका लागि निजी क्षेत्र र अन्तर्राष्ट्रिय क्षेत्रले राम्रासँग भूमिका खेल्न अवसर जुटयो भने पर्यटक आगमन ह्वात्तै पढ्छ । निजी क्षेत्र र अन्तर्राष्ट्रिय क्षेत्रले नेपालमा पर्यटकहरु धेरैभन्दा धेरै ल्याउन सक्छ । सरकारले सहजीकरण गरिदिने मात्रै हो । सरकारले अन्तर्राष्ट्रियस्तरमा रहेका ठूला ठूला कम्पनीहरुलाई नेपालमा भित्राउने नीति ल्याउन सक्यो भने निजी क्षेत्र र अन्तर्राष्ट्रिय क्षेत्रले पर्यटकहरु ल्याइहाल्छन् । दुई–तीन मिलियन पर्यटक ल्याउन नेपाल जस्तो सम्भावना भएको देशलाई ठूलो कुरा नै होइन् । त्यस कारण पहिला नीति बनाउनुपर्यो । पर्यटकहरु नेपाल आउँदा उनीहरुको सुरक्षाको ग्यारेन्टी र सुविधाहरुको राम्रो व्यवस्था हुनुपर्यो । 

मतदाताहरुबाट के कस्तो किसिमको प्रतिक्रिया पाउनुभएको छ ? माहौला कस्तो छ ? 
देशको गरिबी र बेरोजगारी अन्त्य हुनुपर्यो, देशमा सुशासन हुनुपर्यो, विकास हुनुपर्यो, पूरानाले गरेनन्, तपाईंहरुले गर्नुपर्छ भन्ने छ । माहौला निकै राम्रो छ पछिल्लो समयमा । कपोरेट नेपालबाट

images
प्रकाशित मिति :कार्तिक ३०, २०७९ बुधवार - १०:४०:०८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology