Logo

शनिवार, कार्तिक २९ गते २०८३

images
२०८३, कार्तिक २९ गते
images

गोरखाको गण्डकी गाउँपालिका स्थित तोमनडाडाँमा निर्माणधिन चेपाङ संग्रहालय तीनबर्षदेखि अलपत्र

गोरखाको गण्डकी गाउँपालिका स्थित तोमनडाडाँमा निर्माणधिन चेपाङ संग्रहालय तीनबर्षदेखि अलपत्र

images

पत्रपत्रिका

१६, माघ २०७८
गोरखाको गण्डकी गाउँपालिका स्थित तोमनडाडाँमा निर्माणधिन चेपाङ संग्रहालय तीनबर्षदेखि अलपत्र
images

भुम्लिचोक, १६ माघ । गण्डकी गाउँपालिका ६ तोमनडाँडामा सुरु गरिएको चेपाङ संग्रहालय निर्माणको काम बिगत तीन बर्षदेखि अवरुद्ध भएको छ । २०७५ सालमा डिपिसी ढलान गरी पिलर उभ्याएर राखिएको संग्रहालयको काम त्यसपपछि अघि बढ्न नसकेको नेपाल चेपाङ संघ गोरखाका अध्यक्ष भीमलाल चेपाङले जानकारी दिए ।

आर्थिक अभावका कारण संग्रहालय निर्माणको काम अघि बढ्न नसकेको हो । ‘गण्डकी गाउँपालिकाले २०७५ सालमा चेपाङ संग्रहालय निर्माणका लागि पाँचलाख रुपैयाँ विनियोजन गरेको थियो । त्यसले डिपिसी ढलान गरियो’, चेपाङले भने, ‘त्यसपछि कुनै निकायबाट पनि बजेट पाउन सकिएन त्यसैले डिपिसीमै काम अड्किएर बसेको छ ।’ आफ्नो संग्रहालय निर्माण भएको हेर्ने चेपाङ समुदायको रहर डिपिसीमै सीमित भएको उनको भनाइ छ ।

तोमनडाँडा माध्यमिक विद्यालयसंगै चेपाङ संघको नाममा ३ रोपनी जग्गा छ । त्यहीँ संग्रहालय बनाउने संघको योजना थियो ।
सो क्रममा गण्डकी गाउँपालिकाका विभिन्न वडाका अध्यक्षहरुसँग छलफल गरिएको उनले बताए । गण्डकी गाउँपालिकाको वडा नम्वर १, २, ६ र ७ मा चेपाङ समुदायको बाक्लो बसोबास रहेको छ । नेपालभर करीव ६८ हजार चेपाङ जनसंख्या रहेकोमध्ये गोरखामा तीनहजार दुईसय भन्दा धेरै जनाको बसोबास रहेको अध्यक्ष चेपाङले जानकारी दिए ।

संग्रहालयमा ती समुदायको साँस्कृतिक पहिचान झल्कने सामग्री राखिने उनको भनाई छ । ‘हिँजोआज हाम्रो समुदायको जीवनशैली पनि फेरिएको छ । विश्वभर बर्चस्व कायम गरेको पश्चिमी संस्कृतिको प्रभाव चेपाङ समुदायमा पनि छ’, चेपाङ संग्रहालय स्थापनाको उदेश्यबारे उनले भने, ‘पुराना भेषभुषा लोप भएका छन् । साँस्कृतिक, सामाजिक र आर्थिक हिसावले चेपाङ समुदायको अस्तित्व रक्षाका लागि पनि संग्रहालय जरुरी रहेको छ ।’

अति सीमान्तकृत समुदायको रुपमा चिनिने चेपाङ समुदायको संकृति भावी पुस्तालाई जानकारी दिने उद्देश्यले चेपाङ संग्रहालय निर्माण गर्न लागिएको तोमनडाँडा माविका शिक्षक बेदबहादुर चेपाङ बताउँछन् । ‘चेपाङहरुको पहिचान झल्कने सबै सामग्री राख्छौं’, उनी भन्छन्, ‘त्यहाँ पुग्दा चेपाङ समुदायको पुरानो झल्को आओस् ।’

खोरिया फाँडेर खाने चेपाङ समुदायको जीवनशैलि अन्य सर्वसाधारणको भन्दा केही फरक छ । ‘अरु समुदायको तुलनामा हामी धेरै पछि छौं’, उनले भने, ‘त्यसैले सम्भव भएसम्म त्यतिबेलादेखिको सामग्री जुटाउने प्रयास गर्छौँ ।’ दरौदी दैनिकबाट

images
प्रकाशित मिति :माघ १६, २०७८ आइतवार - १३:३६:५८ बजे

पत्रपत्रिका

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology