Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

४२ वर्षपछि तनहुँको छिम्कालेक (छिम्केश्वरी)मा हिउँ पर्दा यस्तो देखियो (फोटो फिचर)

४२ वर्षपछि तनहुँको छिम्कालेक (छिम्केश्वरी)मा हिउँ पर्दा यस्तो देखियो (फोटो फिचर)

४२ वर्षपछि तनहुँको छिम्कालेक (छिम्केश्वरी)मा हिउँ पर्दा यस्तो देखियो (फोटो फिचर)
images

आँबुखैरेनी, २१ माघ । तनहुँ जिल्लाकै सबैभन्दा अग्लो डाडाँ छिम्कालेकमा हिउँ परेको छ। समुन्द्री सतहदेखि २ हजार १ सय ३४ मिटरको उचाईमा रहेको जिल्लाकै सबैभन्दा अग्लो डाँडा छिम्कालेकमा यसपटक हिउँ परेको हो।

images
images

आँबुखैरेनी गाउँपालिकाको वडा नं. ५ मा पर्ने यो लेकको ठुलढुङ्गा भन्ने स्थान देखि माथिको डाडाँ शुक्रबार बिहान पुरै हिउँले ढाकिएको थियो । डाडाँमा करिब १ फुटसम्म हिउँ जमेको थियो।  जिल्लाकै चर्चित धार्मिक स्थल छिम्केश्वरी माईको मन्दिर समेत रहेको उक्त स्थानमा हिउँ परेपछि त्यस वरपरका दृश्यहरु मनमोहक देखिएको थियो ।

यसैपनि प्राकृतिक र धार्मिक हिसाबले महत्वपूर्ण मानिने यस स्थानमा हिउँ परेर थप आकर्षक र मनमोहक देखिएपछि झरीमा रुझेरै छिम्कालेकमा हिउँ खेल्न जानेहरु बढेका छन् । दिउँसो हिउँ केहि पग्लिए पनि अहिले साँझ पुनः झरी परेसँगै फेरी हिउँ थपिदै जान थालेको स्थानीय शिक्षक सुर्यमान सिंह गुरुङले बताए। उनले बताए अनुसार अहिलेसम्म छिम्कालेक (छिम्केश्वरी)मा हिउँ परेको थाहा छैन। यसअघि बेलाबखत अलि अलि असिना र तुसारो भने पर्ने गरेको शिक्षक गुरुङले बताए। 

यद्यपी छिम्केश्वरी मन्दिरका पूजारी पदम गुरुङले बताए अनुसार २०३६ सालतिर पनि छिम्कालेकमा हिउँ परेको थियो । ‘त्यतिबेला लाब्दी गाउँसम्मै हिउँ परेको थियो’ –उनले बताए।

यसरी हेर्दा छिम्कालेकमा ४२ वर्षपछि हिउँ परेको देखिन्छ। 

17.jpg16.jpg10.jpg14.jpg15.jpg13.jpg12.jpg8.jpg9.jpg7.jpg6.jpg8.jpg

2.jpg4.jpg3.jpg2.jpg1.jpg

images
प्रकाशित मिति :माघ २१, २०७८ शुक्रवार - २०:०८:१६ बजे

चित्र बहादुर गुरुङ

पत्रकार चित्र बहादुर गुरुङ इच्छाकामना न्युजका कार्यकारी सम्पादक हुन् भने मनकामना एफ. एम. ९८.७ मेगाहर्जको स्टेशन म्यानेजर र आँबुखैरेनी सन्देश साप्ताहिक पत्रिकाका कार्यकारी सम्पादक समेत हुन्।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology