Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

इच्छाकामना गाउँपालिका ७ का भूमिहिनहरुलाई लालपुर्जा वितरण

इच्छाकामना गाउँपालिका ७ का भूमिहिनहरुलाई लालपुर्जा वितरण

इच्छाकामना न्युज

२१, माघ २०७८
इच्छाकामना गाउँपालिका ७ का भूमिहिनहरुलाई लालपुर्जा वितरण

सिमलढाप, २१ माघ । सरकारले चितवनका भूमिहीनहरूलाई जग्गाधनी प्रमाणपत्र वितरण गरेको छ । आज शुक्रवार चितवनको साविक इच्छाकामना गा.वि.स.७ र जुटपानी गा.वि.स. ९ का भूमिहीनहरूलाई सरकारले गाउँ ब्लक जग्गाधनी प्रमाण पुर्जा वितरण गरेको हो ।

images

प्रमाणपत्र वितरण कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले लालपुर्जा नहुँदा राष्ट्रियताविहीन भएर बस्नुपरेको अवस्थालाई केन्द्रित गर्दै जग्गाधनी प्रमाणपत्र वितरण गरिएको बताउनुभयो । उहाँले जग्गाधनी प्रमाणपत्र नहुँदा उनीहरूले नागरिकतासमेत नपाएको र संविधानले दिएको अधिकारको उपभोगसमेत गर्न नपाएको बताउनु भयो । 

मन्त्री श्रेष्ठले यसअघिका सरकारले जग्गाधनीहरूलाई लालपुर्जा उपलब्ध गराउने काम प्राथमिकतामा नराखे पनि अहिलेको सरकारले जग्गाधनीहरूलाई लालपुर्जा दिने काम पहिलो प्राथमिकतामा राखेको बताउनुभयो । मन्त्री श्रेष्ठले वास्तविक भूमिहीनहरूलाई अधिकार प्राप्त गर्नबाट वञ्चित गराउन नहुने बताउनुभयो ।

कार्यक्रममा जग्गाधनीको प्रमाणपत्र पाएकाहरूले खुसी व्यक्त गरेका छन् । अहिलेसम्मको सरकारले आफूलाई नेपाली नागरिक नै नठाने पनि यस सरकारले जग्गाधनी प्रमाणपत्र वितरण गरेर आफ्नो अधिकार दिलाएको बताए ।

लाभग्राही मध्येकी एक चममाया मगरले भन्नुभयो, ‘अहिलेको सरकारले दियो खुसी लागेको छ । अब आउने सरकारले दिन्छ दिँदैन, हामी नभए पनि हाम्रा छोरा नातीलाई त भयो नि ।’ लाभग्राहीहरुले कानुनी रूपबाट जग्गाको धनी बनेपछि संविधानले दिएको अधिकार पाउनेमा आशावादी रहेको बताए । 

 

images
प्रकाशित मिति :माघ २१, २०७८ शुक्रवार - २१:१३:०७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology