Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

 चर्चित फुटबलर  म्याराडोनाको ह्रदयघातका कारण निधन

 चर्चित फुटबलर  म्याराडोनाको ह्रदयघातका कारण निधन

एजेन्सी

११, मंसिर २०७७
 चर्चित फुटबलर  म्याराडोनाको ह्रदयघातका कारण  निधन
images

काठमाण्डौं, ११ मंसिर
फुटबलर डियगो माराडोनाको ह्रदयघातका कारण निधन भएको छ। ६० वर्षीय माराडोनाको ह्रदयघातका कारण बुधबार निधन भएको हो।
माराडोनाको यसै नोभेम्बरको पहिलो सातामात्र मस्तिष्कमा रगत जमेका कारण शल्यक्रिया गरिएको थियो। सफल शल्यक्रियापछि उनी अत्याधिक मदिरा सेवनको लत छुटाउन उपचाररत थिए ।

images
images

माराडोनाले सन् १९९४ मा अन्तिमपटक विश्वकप खेलेका थिए । अमेरिका विरुद्धको यो खेलमा उनलाई लागूऔषध प्रयोग गरेको आरोपमा स्वदेश फर्काइएको थियो । उनले सन् १९९७ मा ३७ वर्षको उमेरमा फूटबलबाट सन्न्यास लिएका थिए । चार विश्वकपमा अर्जेन्टिनाबाट खेलेका माराडोनाले कुल ९१ खेलमा ३४ गोल गरेका थिए । सन् २००८ मा अर्जेन्टिनाको राष्ट्रिय टिमको प्रशिक्षक रहेका थिए ।

images
प्रकाशित मिति :मंसिर ११, २०७७ बिहिवार - ०९:१६:२७ बजे

एजेन्सी

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology