Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

स्पेनको मध्यकालीन क्रूर संस्कार जहाँ जनावरलाई आगोको लप्कामा दौडाइन्छ

स्पेनको मध्यकालीन क्रूर संस्कार जहाँ जनावरलाई आगोको लप्कामा दौडाइन्छ

एजेन्सी

२५, माघ २०७८
स्पेनको मध्यकालीन क्रूर संस्कार जहाँ जनावरलाई आगोको लप्कामा दौडाइन्छ
images

हरेक वर्षको १७ जनवरीमा स्पेनको सान बार्टोलोम डी पिनार्समा एउटा अनौठो पर्व मनाइन्छ, जुन सुन्दा पनि जोकोहीको कपालको रौं ठडिन्छ । घोडा, गधा, खच्चड इत्यादि जनावर चढेर मानिसहरु बलिरहेको आगोमा हिड्छन्, जसलाई लास लुमिनरिज नाम दिइएको छ । 

images
images

आगोको ज्वालामाथि उफ्रदै दौडिने यो अनौठो पर्व पाँच सय वर्षअघि सुरु भएको थियो । सान बार्टोलोमी डी पिनार्स गाउँका मानिसहरु अझै पनि यस संस्कारलाई मनाउँदै आएका छन् ।

पर्वका दिन जम्मा गरेका रुखका हाँगाहरु स्थानीयले गोधुली साँझमा (सेन्ट एन्थोनीको पूर्वसन्ध्यामा) जलाउँछन् । ड्रम र स्पेनी ब्यागपाइपहरुको आवाजसँगै सवारकहरु गाउँमा जलिरहेको आगोमा हिँड्छन् । 

आगोको ज्वालामा हाम फाल्दा जनावालाई सेन्ट एन्थोनी अबडको कृपा मिल्ने विश्वास छ । अबड मध्यकालमा घरेलु जनावरको संरक्षक रहेको विश्वास गरिन्छ । आगोले जनावरहरुलाई पवित्र पार्ने र उनीहरुलाई रोग लाग्नबाट जोगाउने उनीहरुको विश्वास छ ।

‘यो संस्कार हजारौं वर्षदेखि चलेको हो । पाका धर्मगुरुले जनावरलाई आगोले आर्शिवाद दिन्छन, ताकि उनीहरु आगोमा हाम फाल्न सक्छन् र पवित्र हुन्छन्’, एक स्थानीय भन्छन् । यस्तो संस्कारमा सहभागी हुने जनावर कहिल्यै बिरामी नहुने उनको विश्वास छ । 

जनावरहरुलाई चरम यातना दिएको भन्दै पशु अधिकारवादीहरुले यस्तो  संस्कारको विरोध गर्दै आएका छन् । तर, बुल फाइटिङ, जनावरहरुलाई काट्ने जस्ता ‘क्रुर’  संस्कृति भएको स्पेनमा आगोमा जनावरलाई दौडाउने प्रथा छिट्टै अन्त्य नहुने धेरैको भनाई छ । 

‘यी जनावरहरुलाई आफ्नो इच्छा विपरित एउटा तनावपूर्ण अवस्थामा बाध्य पार्नुको कुनै तर्क छैन । यो संस्कार २१औं शताब्दीको मध्यतिरबाट सुरु भएको हो । यस्तो क्रुरतालाई कुनै विश्वास वा अन्धविश्वासले पुष्टि गर्न सक्दैन,’ अब्जरभेटरी अफ जस्टिस एन्ड एनिमल डिफेन्सका जुआन इग्नासिओ भन्छन् । 

आगोमा दौडाउँदा आफ्ना जनावरहरुलाई कुनै असर नगर्ने र जल्नबाट जोगाउन जनावरको रौं काटिदिने गरेको जनावरका मालिक बताउँछन् ।

images
प्रकाशित मिति :माघ २५, २०७८ मंगलवार - १९:४७:४१ बजे

एजेन्सी

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology