Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

थापालाई निर्वाचित तीन उपाध्यक्ष, दुई महामन्त्री र झन्डै एक सय केन्द्रीय सदस्यको साथ

थापालाई निर्वाचित तीन उपाध्यक्ष, दुई महामन्त्री र झन्डै एक सय केन्द्रीय सदस्यको साथ

इच्छाकामना न्युज

२५, माघ २०७८
थापालाई निर्वाचित तीन उपाध्यक्ष, दुई महामन्त्री र झन्डै एक सय केन्द्रीय सदस्यको साथ
images

काठमाडौं, २५ माघ । गृहजिल्ला मकवानपुर पुगेर राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरेका निवर्तमान अध्यक्ष कमल थापालाई  झन्डै एक सय केन्द्रीय सदस्यले साथ दिने दाबी गरिएको छ । गत महाधिवेशनबाट निर्वाचित तीन उपाध्यक्ष, एक महामन्त्री र झन्डै एक सय केन्द्रीय सदस्यलाई साथमा लिएर नयाँ पार्टी दर्ता गर्ने तयारीका साथ थापाले मंगलबार पार्टी परित्याग गरेका हुन् । 

images
images

गत महाधिवेशनबाट निर्वाचित उपाध्यक्ष बुद्धिमान तामाङ, ध्रुवबहादुर प्रधान, रोशन कार्की तथा महामन्त्री कुन्ती शाही र भुवन पाठकसहित थापा पक्षबाट निर्वाचित ८० भन्दा बढी केन्द्रीय सदस्यले नयाँ पार्टी खोल्नलाई साथ दिने भएका हुन् ।

‘गत महाधिवेशनवाट तीनजना उपाध्यक्ष, एकजना महामन्त्री र एक सय ६ जना केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए, ती सबै हामीसँगै रहने छन्,’ थापानिकट स्रोतले भन्यो, ‘हिजोको काठमाडौं भेलामा पनि झन्डै ६० केन्द्रीय सदस्यको उपस्थिति थियो, अचानक भेला गर्नुपर्ने भएकाले सबै आउन नभ्याएका हुन् ।’ उनका अनुसार थापा पक्षधर गत महाधिवेशनमा निर्वाचितमध्ये ८० जनाले साथ दिने प्रतिबद्धता जनाइसकेका छन् भने नयाँ दल दर्ता गर्ने अवस्थासम्म धेरै थपिने देखिएको छ ।

केन्द्रीय सदस्यहरू जयन्त चन्द, राजीव पराजुली, तोरण गुरुङ, राम थापा, दीपकबहादुर सिंह, सुशील श्रेष्ठ, राजाराम बर्ताैला, तेज कुरवान, विक्रमबहादुर थापा, जयकुमार खड्का, इन्द्र चित्रकार, वसन्तमानसिंह अधिकारी, गणेश चन्दलगायत नेताहरू थापा समूहमा रहने भएका छन् । 

राप्रपा नाम नरहने, नयाँ नाम राखिने 

पार्टी परित्याग गरेपछि नयाँ पार्टी दर्ताका लागि बुधबारदेखि थापाले आफूनिकट नेताहरूसँग छलफल चलाउने भएका छन् । गृहजिल्लाबाट पार्टी परित्याग घोषणा गरेर काठमाडौं फर्किरहेका थापाले नयाँ पार्टी दर्ताका लागि बुधबारदेखि छलफल चलाउने केन्द्रीय सदस्य राजाराम बर्तौलाले जानकारी दिए । ‘तर नयाँ पार्टीको नाम राप्रपा रहँदैन, हामीले राप्रपा नाम राख्न पनि हुँदैन, त्यसैले नयाँ नाम तय गरेर दल दर्ता हुनेछ,’ उनले भने, ‘राप्रपा विभाजन नगर्ने तर अन्य नाममा नयाँ दल दर्ता गर्ने सोचमा कमल थापा हुनुहुन्छ, त्यहीअनुसार छलफल चल्नेछ ।’ उनका अनुसार अधिकांश जिल्ला अध्यक्षहरू पनि थापाको पक्षमा खुल्ने छन् । 

images
प्रकाशित मिति :माघ २५, २०७८ मंगलवार - २०:२१:५० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology