Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

फोनपेमा प्रभुपे आवद्ध

फोनपेमा प्रभुपे आवद्ध

इच्छाकामना न्युज

२६, माघ २०७८
फोनपेमा प्रभुपे आवद्ध
images

काठमाडौं, २६ माघ । प्रभु टेक्नोलोजीबाट सञ्चालित प्रभुपे फोनपे पेमेन्ट सर्भिस लिमिटेडमा आवद्ध भएको छ । भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्भिस लिमिटेड र प्रभु टेक्नोलोजीबाट सञ्चालित प्रभुपे एक कार्यक्रमका बीच सहकार्यपत्रमा हस्ताक्षर भएसँगै प्रभुपे फोनपे नेटवर्कमा आवद्ध भएको हो । 

images
images

बुधबार फोनपेका नायब प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटा र प्रभुपेका प्रमुख कार्यकारी अधिकृत बिकी शाहीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । यससँगै अबदेखि प्रभुपेका ग्राहकले फोनपेको क्युआरमार्फत सहजै रकम भुक्तानी गर्न सकिने बताइएको छ । सम्झौतापत्र हस्ताक्षर कार्यक्रममा फोनपेका नायब प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटाले प्रभुपेसँगको सहकार्यले क्यासलेस अर्थतन्त्र निर्माण गर्ने उद्देश्यमा थप मद्दत पुग्ने बताए ।

त्यसैगरी, प्रभुपेका प्रमुख कार्यकारी अधिकृत बिकी शाहीले फोनपेसँगको सहकार्य आफूहरुको लागि सुवर्ण अवसर भएको बताए । डिजिटलाइज र क्यासलेस बनाउने आफूहरुको सोच पूरा गर्न आगामी दिनमा मिलेर अगाडि बढ्ने उनले बताए। फोनपेमा हाल ५ लाख ७० हजारभन्दा बढी मर्चेन्ट रहेको बताइएको छ ।

 

images
प्रकाशित मिति :माघ २६, २०७८ बुधवार - १८:५३:१७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology