Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

लमजुङका स्थानीय तहमा सात महिनामा ६६ प्रतिशत बजेट निकासा

लमजुङका स्थानीय तहमा सात महिनामा ६६ प्रतिशत बजेट निकासा

इच्छाकामना न्युज

५, फाल्गुण २०७८
लमजुङका स्थानीय तहमा सात महिनामा ६६ प्रतिशत बजेट निकासा

लमजुङ, ५ फागुन । लमजुङका आठ स्थानीय तहका लागि सात महिनामा ६६ प्रतिशत रकम निकासा भएको छ । संघ सरकार र प्रदेश सरकार अन्तर्गत स्थानीय तहका लागि विनियोजित बजेटमध्ये चालु आर्थिक वर्षको सात महिनाको अर्बधीमा ६६ प्रतिशत रकम निकासा भइसकेको जनाएको हो । संघ र प्रदेश सरकारबाट स्थानीय तहका लागि विनियोजित समानिकरण अनुदान, सर्शत अनुदान, समपुरक अनुदान र विशेष अनुदानका लागि बजेट आएकोमा सबै मध्येबाट ६६ प्रतिशत निकासा भएको कोलेनिका लमजुङका प्रमुख भगवान उप्रेतीले बताए ।

images

उनका अनुसार चालु आर्थिक वर्षका लागि संघ सरकार र प्रदेश सरकारबाट जिल्लाका स्थानीय तहका लागि विनियोजित कुल बजेट तीन अर्ब ६ करोड ५९ लाख रुपैयाँँमध्ये दुई अर्ब तीन करोड ७६ लाख ८९ हजार रुपैयाँँ कोलेनिकाबाट निकासा भइसकेको हो । कार्यालय प्रमुख उप्रेतीका अनुसार जिल्लाका स्थानीय तहका लागि संघ सरकारबाट मात्रै दुई अर्ब ८९ करोड ५६ लाख ८९ हजार विनियोजन भएकोमा ५३ प्रतिशत अर्थात एक अर्र्ब ५३ करोड २४ लाख ५२ हजार रुपैयाँ निकासा भइसकेको छ । यसैगरी चालु आर्थिक वर्षमा प्रदेश सरकारमार्फत आएको १७ करोड दुई लाख ११ हजारमध्ये ४४ प्रतिशत अर्थात सात करोड ४२ लाख तीन हजार रुपैयाँ निकासा भएको कार्यालय प्रमुख उप्रेतीले बताए ।

प्रतिशतको आधारमा चालु आर्थिक वर्षको सात महिनाको अवधीमा जिल्लामा सबैभन्दा बढी दूधपोखरी गाउँपालिकाका लागि ५६ प्रतिशत रकम निकासा भएको छ । बजेटको आधारमा भने बेसीशहर नगरपालिकाका लागि २६ करोड ९२ लाख ९२ हजार रुपैयाँ अर्थात कुल बजेटको ५३ प्रतिशत निकासा भएको छ । जिल्लाका अन्य स्थानीय तहमध्ये मध्यनेपाल नगरपालिका र मस्र्याङदी गाउँपालिकाका लागि ५४ प्रतिशत रकम निकासा भएको छ । त्यसैगरी सुन्दरबजार नगरपालिका र क्होलासोंथार गाउँपालिकाका लागि ५३/५३ प्रतिशत रकम निकासा भएको छ भने राईनास नगरपालिकाका लागि ५० र दोर्दी गाउँपालिकाका लागि ४६ प्रतिशत रकम मात्रै निकासा भएको कोलेनिका लमजुङले जनाएको छ ।

विशेष अनुदानतर्फ जिल्लाको दूधपोखरीबाहेकका सात वटा स्थानीय तहका लागि मात्रै बजेट आएको थियो । सोमध्ये चार वटा स्थानीय तहले मात्रै केही रकम निकासा पाएका छन् । विशेष अनुदानको रकम निकासा पाउने स्थानीय तहहरुमा मध्यनेपाल नगरपालिका, क्होलासोथार, मस्र्याङदी र दोर्दी गाउँपालिका रहेको कोलेनिका लमजुङले जनाएको छ । समानिकरण अनुदानतर्फ मात्रै जिल्लाका स्थानीय तहका लागि ७२ प्रतिशत रकम निकासा भइसकेको छ । त्यसैगरी चालुतर्फको सशर्त अनुदानतर्फ ४९ प्रतिशत रकम निकासा भएको छ भने पुँजीजगत तर्फको सशर्त अनुदानतर्फ २४ प्रतिशत मात्रै निकासा भएको छ । त्यस्तै समपुरक अनुदानतर्फ २३ प्रतिशतमात्रै निकासा भएको छ भने विशेष अनुदानतर्फ १७ प्रतिशत मात्रै रकम निकासा भएको छ ।

images
प्रकाशित मिति :फाल्गुण ५, २०७८ बिहिवार - ०७:४६:४३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology