Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

तनहुँको आँबुखैरेनी गाउँपालिका संस्थागत क्षमता स्वमुल्याङ्कनमा राम्रो, यसवर्ष झण्डै दोब्बर प्रगती

तनहुँको आँबुखैरेनी गाउँपालिका संस्थागत क्षमता स्वमुल्याङ्कनमा राम्रो, यसवर्ष झण्डै दोब्बर प्रगती

तनहुँका १० पालिकामा स्वमुल्याङ्कन नतिजा सार्वजनिक भएका मध्यमा आँबुखैरेनी दोस्रो

चित्र बहादुर गुरुङ

५, फाल्गुण २०७८
तनहुँको आँबुखैरेनी गाउँपालिका संस्थागत क्षमता स्वमुल्याङ्कनमा राम्रो, यसवर्ष झण्डै दोब्बर प्रगती
images

आँबुखैरेनी, ५ फागुन । तनहुँको आँबुखैरेनी गाउँपालिका आर्थिक वर्ष २०७७/०७८ को संस्थागत क्षमता स्वमुल्याङ्कनमा राम्रो देखिएको छ। अघिल्लो आर्थिक वर्षमा स्वमूल्याङ्कनमा कमजोर देखिएको गाउँपालिका पछिल्लो आर्थिक वर्षमा भने अधिकांश सूचकमा उल्लेखनीय प्रगती गर्दै राम्रो देखिएको हो।

images
images

गाउँपालिकाले आर्थिक वर्ष २०७७/०७८ संस्थागत क्षमता स्वमुल्याङ्कनमा ७३.५ प्रतिशत अंक ल्याएको छ। अघिल्लो आर्थिक वर्षमा ४१.७५ प्रतिशत अंक ल्याई स्वमूल्याङ्कनमा कमजोर देखिएको गाउँपालिका पछिल्लो आर्थिक वर्षमा भने उल्लेखनीय प्रगती गरि राम्रो देखिएको हो।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक वर्ष २०७६/०७७ देखि गरेको स्थानीय तहको संस्थागत क्षमता स्वमूल्याङ्कन गर्ने गरेको छ । 

स्थानीय तहको कार्यप्रक्रिया र उपलब्धिबारे लेखाजोखा गरी सबल तथा दुर्वल पक्षको पहिचान गर्न, विकास तथा सुशासनमा रहेका कमी कमजोरीको जानकारी लिन, आवधिक समीक्षाका लागि आधार प्राप्त गर्न र गाउँपालिका तथा नगरपालिकाबीचमा तुलनायोग्य सूचक तर्जुमा गरी प्रतिस्पर्धात्मक सुधारमा अग्रसर गराई स्थानीय तहलाई सक्षम र प्रभावकारी बनाउन वाञ्छनीय भएकाले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८० को प्रयोजनका लागि मन्त्रालयले स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन कार्यविधि बनाएको थियो ।

मन्त्रालयको कार्यविधिअनुसार शासकीय प्रबन्धतर्फ नौ, संगठन तथा प्रशासनतर्फ आठ, वार्षिक बजेट तथा योजना व्यवस्थापनतर्फ ११, वित्तीय एवं आर्थिक व्यवस्थापनतर्फ ११, सेवा प्रवाहतर्फ १६, न्यायिक कार्य सम्पादतर्फ सात, भौतिक पूर्वाधारतर्फ सात, सामाजिक समावेशीकरणतर्फ १०, वातावरण संरक्षण तथा विपद् व्यवस्थापनतर्फ नौ र सहकार्य तथा समन्वयतर्फ छ कुल भार निर्धारण गरिएको छ ।

जस अनुसार आर्थिक वर्ष २०७७/०७८ मा शासकीय प्रवन्धतर्फ ७२.२२%, संगठन तथा प्रशासनतर्फ ७८.१३%, वार्षिक बजेट तथा योजना व्यवस्थापनतर्फ ७७.२७%, वित्तीय एवम् आर्थिक व्यवस्थापनतर्फ ९३.१८%, सेवा प्रवाहतर्फ ७१.८८%, न्यायिक कार्य सम्पादनतर्फ १००%, भौतिक पूर्वाधारतर्फ ८०.७७%, सामाजिक समावेशीकरणतर्फ ५५%, वातावरण संरक्षण तथा विपद व्यवस्थापनतर्फ ६१.११% का साथै सहकार्य र समन्वयतर्फ ३३.३३% अंक प्राप्त गरेको छ ।

यसैबिच तनहुँका १० पालिकामा स्वमुल्याङ्कन नतिजा सार्वजनिक भएका पालिका मध्य आँबुखैरेनी गाउँपालिका दोस्रो स्थानमा परेको छ । अहिलेसम्म तनहुँका ५ वटा पालिकाको स्वमुल्याङ्कन सार्वजनिक भएको छ । जसमा नतिजा अनुसार पहिलोमा ब्यास नगरपालिका ८९ प्रतिशत, तेस्रोमा भानु ६९ प्रतिशत, चौथोमा भिमाद नगरपालिका र अन्तिममा देवघाट गाउँपािलका ५७ प्रतिशत अंक रहेको छ। 

यस्तै उक्त आर्थिक वर्ष २०७७/०७८ मा प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेल रहेका थिए।

images
प्रकाशित मिति :फाल्गुण ५, २०७८ बिहिवार - १९:१७:४४ बजे

चित्र बहादुर गुरुङ

पत्रकार चित्र बहादुर गुरुङ इच्छाकामना न्युजका कार्यकारी सम्पादक हुन् भने मनकामना एफ. एम. ९८.७ मेगाहर्जको स्टेशन म्यानेजर र आँबुखैरेनी सन्देश साप्ताहिक पत्रिकाका कार्यकारी सम्पादक समेत हुन्।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology