Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

आँबुखैरेनी बजारबाट छिम्केश्वरीसम्म पुग्ने सडक बैशाख भित्र कालोपत्रे हुने, ६५ प्रतिशत काम सकियो

आँबुखैरेनी बजारबाट छिम्केश्वरीसम्म पुग्ने सडक बैशाख भित्र कालोपत्रे हुने, ६५ प्रतिशत काम सकियो

इच्छाकामना न्युज

५, फाल्गुण २०७८
आँबुखैरेनी बजारबाट छिम्केश्वरीसम्म पुग्ने सडक बैशाख भित्र कालोपत्रे हुने, ६५ प्रतिशत काम सकियो
images

आँवुखैरेनी, ५ फागुन । जिल्लाकाे आँवुखैरेनी गाउँपालिका स्थित छिम्केश्वरी मन्दिर पुग्ने १८ किलाेमिटर सडक खण्डकाे काम ६५ प्रतिशत पूरा भएकाे निर्माणकाे जिम्मा लिएकाे काष्ठमण्डप कन्स्ट्रक्सन प्रा‍लिले जनाएकाे छ ।

images
images

प्रा लिका फिल्ड इञ्चार्ज शिव रिजालका अनुसार अहिले नाला, वाल र साडड कटिङकाे सबै काम सकेर सडकमा राेलर लगाउने काम भइरहेकाे छ । प्राविधिक तयारी सकिए लगतै ग्राभेल गरी कालेपत्रे गर्ने गरी काम भइरहेकाे छ । काेरानाका कारण राेकिएकाे काम द्रुत गतिमा अघि बढाएका छाैँ, उनले भने । वर्षात अघि कालाेपत्रे सक्ने तयारी छ । माथिदेखि तल सम्म कामदार परिचालन गरी काम गरिरहेकाे उनले बताए ।

गाउँपालिका देखि आँवुगाउँ, अदुवाखर्च,धारापानी,भाँगे,अक्लाङ हुँदै उक्त सडक छिम्केश्वरी पुग्दछ । छिम्केश्वरीबाट हिलेखर्क हुँदै सडक बन्दिपुर सम्म जाेडिएकाे छ । हाल छिम्केश्वरी सम्मकाे १८ किलाेमिटर सडक कालाेपत्रे हुन लागेकाे हाे । सडकमा ग्राभेलकाे तयारी भइरहेकाे रीजालले बताए । सडक कालाेपत्रे भएपछि छिम्केश्वरी मन्दिरकाे दर्शनका लागि जाने आउने भक्तजनहरुका लागि सहज हुनेछ । सडक साँघुराे र कच्ची हुँदा छिम्केश्वरीमा पर्यटकहरुकाे आवागमन बाक्लाे हुन सकेकाे थिएन् ।

नेपालकाे मध्ये भागमा रहेकाे यस क्षेत्रमा विकासकाे सुरुवात सँघियता पछि मात्रै शुरु भएकाे त्यस क्षेत्रका नागरिकहरु बताउँछन् । छिम्केश्वरीमा पक्की माेटरबाटाे पुर्याउन पूर्व मन्त्री एवँ गण्डकी प्रदेशका साँसद हरी बहादुर चुमानले निर्वाचनका समयमा बचन दिएकाे स्थानीय गाउँलेहरुकाे भनाइ छ ।

मध्ये नेपालकाे माैसममा परिवर्तन ल्याउने केन्द्रकाे रुपमा रहेकाे छिम्केश्वरी समुन्द्री सतहबाट २१३४ मिटर उचाइमा पर्दछ । वाह्रै महिनाका लागि पर्यटकहरुकाे राेजाइमा पर्ने यस क्षेत्रमा पाहुनाहरुकाे व्यवस्थापनका लागि घरवास कार्यक्रम सञ्चालनमा रहकाे छ । यस वर्ष छिम्केश्वरीमा बाक्लाे हिमपात समेत भएकाे थियाे ।

images
प्रकाशित मिति :फाल्गुण ५, २०७८ बिहिवार - २०:२०:२२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology