Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

युक्रेन संकटः रुसमाथि विभिन्न देशको प्रतिबन्ध

युक्रेन संकटः रुसमाथि विभिन्न देशको प्रतिबन्ध

एजेन्सी

११, फाल्गुण २०७८
युक्रेन संकटः रुसमाथि विभिन्न देशको प्रतिबन्ध
images

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पूर्वी युक्रेनमा  रुसले फौज पठाउन आदेश दिएपछि पश्चिमा देशहरूले मस्कोविरुद्ध प्रतिबन्धहरू लगाउने क्रम बढ्दो छ । 

images
images

बेलायतले रुसका पाँचवटा बैंक र तीन धनाढ्यमाथि प्रतिबन्ध लगाएको छ भने जर्मनीले रुससँगको एउटा प्रमुख ग्यास पाइपलाइन परियोजना नोर्ड स्ट्रीम टूलाई यथास्थितिमा राख्ने जनाएको छ ।  

क्यानडा र युरोपेली युनियनअन्तर्गतका अन्य देशहरुले पनि रुसी कदमको विरोध गर्दै प्रतिबन्ध लगाएका छन् । अमेरिकी राष्ट्रपति जोन बाइडेनले रुसले अन्तर्राष्ट्रिय कानुन उल्लंघन गरेको आरोप लगाएका छन् ।

पूर्वी युक्रेनमा पृथकताबादी समूहले नियन्त्रणमा लिएका दुई ओटा क्षेत्रलाई राष्ट्रपति पुटिनल स्वतन्त्र राज्यको मान्यता दिएलगत्तै मंगलबार रुसी सेना पठाउन आदेश दिएका थिए ।

images
प्रकाशित मिति :फाल्गुण ११, २०७८ बुधवार - ०८:५५:१५ बजे

एजेन्सी

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology