Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

युक्रेन द्वन्द्वमा फसेका नेपालीकाे उद्धारका लागि उच्चस्तरीय संयन्त्र गठन

युक्रेन द्वन्द्वमा फसेका नेपालीकाे उद्धारका लागि उच्चस्तरीय संयन्त्र गठन

इच्छाकामना न्युज

१५, फाल्गुण २०७८
युक्रेन द्वन्द्वमा फसेका नेपालीकाे उद्धारका लागि उच्चस्तरीय संयन्त्र गठन
images

काठमाडौं, १५ फागुन । युक्रेन द्वन्द्वमा फसेका नेपालीको उद्धारका लागि उच्चस्तरीय संयन्त्र गठन गरिएको छ ।

images
images

रुस र युक्रेनको युद्धबाट प्रभावित नेपालीको उद्धार एवं सहयोगका जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्काको अध्यक्षतामा भएकाे भर्चुअल कार्यक्रमबाट ‘रुस-युक्रेन द्वन्द्व  प्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समिति’ गठन गरिएको हो ।

गैरआवासीय नेपाली संघका युरोपस्थित राष्ट्रिय समितिसमेत रहेको सो समितिको संयोजकमा गैरआवासीय नेपाली संघका उपाध्यक्ष डा. बद्री केसी (रुस) रहेका छन् ।

समितिको सदस्य सचिवमा डा. चिरन्जिवी  खड्का (चेक रिपब्लिका), सदस्यहरूमा जीवन केसी (पोल्याण्ड), हरिबहादुर मल्ल (युक्रेन), शिवकुमार भुर्तेल (रुस), जयाप्रसाद शिवाकोटी (स्लोभाकिया), नवराज पोखरेल (रोमानिया), सुरेन्द्र श्रेष्ठ (हङगेरी), यदुराम पन्थी (चेक रिपब्लिका), मिलन पन्त जर्मनी) र प्रेस संयोजकमा चिरन शर्मा (यूके) रहेका छन् ।

द्वन्द्वपीडितका लागि आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउनको लागि डा. बोधराज सुवेदीको संयोजकत्वमा एक उपसमिति समेत गठन गरिएको  छ ।

जर्मनीका लागि नेपाली राजदुत खड्काले युक्रेन र रुसको द्वन्द्वबाट प्रभावित २२० जना नेपाली दुतावासको सम्पर्कमा आएको जानकारी दिए ।

उनले ती नेपालीहरुको सहयोगको लागि दुतावासले नेपाली सरकार, स्थानीय संघसंस्थासँग समन्वय गरिरहेको बताए ।

images
प्रकाशित मिति :फाल्गुण १५, २०७८ आइतवार - ०८:४७:०८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology