Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

रुसी हमलामा २४० सर्वसाधमरण हताहतः राष्ट्रसंघ

रुसी हमलामा २४० सर्वसाधमरण हताहतः राष्ट्रसंघ

एजेन्सी

१५, फाल्गुण २०७८
रुसी हमलामा २४० सर्वसाधमरण हताहतः राष्ट्रसंघ
images

मस्को । युक्रेनमा भएको रुसी हमलामा कम्तिमा २४० सर्वसाधरणको हताहत  भएको राष्ट्रसंघले जनाएको छ । रुसी सेनाले युक्रेनका विभिन्न सहरहरुमा हमला गरिरहेको छ । राष्ट्रसंघका लागि मानवअधिकारसम्बन्धी उच्च आयुक्त (ओसीएचसीआर) ले युक्रेन हमलामा कम्तिमा २४० सर्वसाधारणको हताहत भएको जनाएको छ । 

images
images

घरहरू र महत्वपूर्ण पूर्वाधारमा क्षति पुगेकोले सयौं मानिसहरू पानी र बिजुलीबाट बन्चित भएको ओसीएचसीआर जनाइएको छ । राष्ट्रसंघका अनुसार १ लाख ६० हजार युक्रेनी आन्तरिक रुपमा विस्थापित भएर अन्तर्राष्ट्रिय सीमा पार गर्न लागिरहका छन् । 

रुसी हमलामा ५० लाख मानिस शरणार्थी बन्न सक्ने युक्रेन सरकारको अनुमान छ । राजधानी किभभन्दा बाहिरी सहरमा रहेको भासीलकिभस्थिते तेल डिपो रुसी आक्रमणमा प्रभावित भएको छ । 

गोलाबारी र बम हमलामा क्षतिग्रस्त सो डिपोबाट विषालु धुँवा निस्किरहेको भन्दै राष्ट्रसंघले मानिसहरुलाई घरभित्रै बस्न आह्वान गरेको छ । राजधानी किभका बासिन्दाहरु यसअघि नै ज्यान जोगाउन भूमिगत आश्रयमा शरण लिइरहेका छन् ।

images
प्रकाशित मिति :फाल्गुण १५, २०७८ आइतवार - ०८:५०:२२ बजे

एजेन्सी

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology