Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

रुस र युक्रेन द्वन्द्व : नेपाली अर्थतन्त्रमा पनि प्रभाव पर्ने 

रुस र युक्रेन द्वन्द्व : नेपाली अर्थतन्त्रमा पनि प्रभाव पर्ने 

इच्छाकामना न्युज

१५, फाल्गुण २०७८
रुस र युक्रेन द्वन्द्व : नेपाली अर्थतन्त्रमा पनि प्रभाव पर्ने 
images

सजना तिमल्सिना, काठमाडौं, १५ फागुन । रुस र युक्रेनबीचको युद्धले विश्व अर्थतन्त्रमा नै प्रभाव पर्न थालिसकेको छ । कोरोना महामारीको असर झेलिरहेको विश्व बजार यो घटनापछि फेरि महङ्गीको चपेटामा पर्ने विश्लेषण हुन थालेको छ ।

images
images

रुस र युक्रेनको युद्धको प्रभावका कारण विश्व बजारमा सुन, चाँदीसँगै खानेतल र पेट्रोलियम पदार्थको मूल्य उकालो लाग्न थालेको छ । रुस, अमेरिका र साउदी अरबपछि सबैभन्दा धेरै पेट्रोलियम पदार्थ उत्पादन गर्ने राष्ट्र हो ।

दुई देशबीचको युद्धका कारण नेपालमा पेट्रोलियम पदार्थ आपुर्तीमा असर पर्ने र यसले इन्धनको मूल्य थप बढाउन सक्ने देखिएको अर्थशास्त्री डा. दधी अधिकारीले बताउनुभयो ।

यस्तै हाल नेपालले युक्रेनबाट खाने तेलको कच्चा पदार्थ आयात गर्दै आएको छ । भन्सार विभागका अनुसार युक्रेनबाट नेपालले चालू आर्थिक वर्षको सात महिनाको अबधिमा झण्डै १५ अर्ब बराबरको सुर्यमूखी, भट्मास तथा तोरीको दाना आयात गरेको छ । रुस– युक्रेन युद्धका कारण तोरीको कच्चा पदार्थमा रोक लाग्यो भने नेपालमा तेलको अभाब र मूल्य बृद्धि हुन सक्ने उद्योग संगठन मोरङको वरिष्ठ उपाध्यक्षप्रदिप मुरारकाको भनाइ छ ।

रुस र युक्रेनबीच युद्ध सुरू भएसँगै अन्तराष्ट्रिय स्तरमा नै डलरमा भन्दा सुनमा लगानी गर्नेहरू बढ्दा त्यसको असरले नेपालमा सुन चादीको भाउ समेत बढेको छ । बिहीबार सुन तोलाको ९९हजार रुपैयाँमा कारोबार भयो । दुइ र्दशबीचको युद्धकै कारण सुन चाँदीको मूल्य अझै बढ्न सक्ने देखिएको नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यले जानकारी दिनुभयो ।

नेपालले रुस र युक्रेनबाट आयात तथा निर्यात दुबै गर्दै आएको छ । चालु आर्थिक बर्षको ७ महिनामा मात्रै दुइदेशबाट १८ अर्ब ७३ रुपैयाँ बराबरको सामान आयात भएकोछ  भने नेपालले  १५ करोड २६ लाख रुपैयाँको सामग्री निर्यात गरेको छ । अब युद्धका कारण आयात निर्यातमा प्रभाब पार्ने अर्थशास्त्री अनलराज भट्टराईको बुझाइ छ ।

यसरी रुस–युक्रेनबीचको युद्धले नेपालमा मुख्यगरि खाने तेल, इन्धन र खाद्यान्नमा प्रभाब पर्ने देखिएको छ । त्यसको लागि सरकारले बेलैमा वैकल्पिक विधि अपनाउनुपर्नेमा अर्थविज्ञहरूको सुझाव रहेको छ । 

images
प्रकाशित मिति :फाल्गुण १५, २०७८ आइतवार - ०८:५९:४४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology