Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

युक्रेनमाथि रुसी हमलाः कुन कुन देशमा शरणार्थी भएर जाँदैछन् युक्रेनी ?

युक्रेनमाथि रुसी हमलाः कुन कुन देशमा शरणार्थी भएर जाँदैछन् युक्रेनी ?

एजेन्सी

१७, फाल्गुण २०७८
युक्रेनमाथि रुसी हमलाः कुन कुन देशमा शरणार्थी भएर जाँदैछन् युक्रेनी ?
images

युक्रेनमाथि रुसी सेनाले हमला गरेपछि पाँच लाखभन्दा बढी सर्वसाधारण मानिसहरुले युक्रेन छोडेका छन् । त्यस्तै रुसी हमलाकै कारण ४० ला मानिसहरु देश छोड्ने प्रयासमा रहेको युरोपेली युनियनले अनुमान गरेको छ । शरणार्थीसम्बन्धी नीतिलाई लचिलो बनाउदै इयूले आफ्ना सदस्य राष्ट्रहरुले युक्रेनी शरणार्थीहरुलाई खुला हातहरुले स्वागत गर्ने जनाएको छ । 

images
images

कुन कुन देशमा जाँदैछन् युक्रेनी शरणार्थी ?
युद्धका कारण विस्थापित बनेका युक्रेनी शरणार्थीहरु पश्चिमका विभिन्न देशहरु जस्तैः पोल्यान्ड, रोमानिया, स्लोभाकिया, हन्गेरी मोल्डोभा पुगेका छन् । ५ लाखभन्दा बढी युक्रेनीहरु यी देशमा प्रवेश गरेको सोमबार राष्ट्रसंघले जनाएको छ । राष्ट्रसंघका अनुसार पोल्यान्डले अहिलेसम्म २ लाख ८० हजार शरणार्थी लिएको छ । दैनिक ५० हजार शरणार्थी पोल्यान्ड पुगेको त्यहाँको सरकारले जनाएको छ । 

पोल्याण्डले घाइते युक्रेनीहरूलाई ढुवानी गर्न मेडिकल ट्रेन पनि तयार गरिरहेको छ र उनीहरुको उपचारका लागि १ हजार २३० अस्पतालको सूची तयार पारेको छ । 

पछिल्ला वर्षमा १० लाख युक्रेनी पोल्यान्डमा बसोबास गरेका छन् । विशेषगरी सन् २०१४ मा रुसले युक्रेनको महत्वपूर्ण भाग क्रिमियालाई आफ्नो देशमा बिलय गराएपछि पोल्यान्ड पुग्ने युक्रेनीको संख्या बढेको हो । 

रुसी हमलापछि कुन अन्य देशमा पुग्ने युक्रेनी शरणार्थीः 

हंगेरीः ७१ हजार १५८

रोमानियाः ४३ हजार १८४

मोलडोभाः ४१ हजार ५२५

स्लोभाकियाः १७ हजार ६४८

स्लोभाकियाले पनि दैनिक १० हजार युक्रेनी शरणार्थी लिइरहेको छ । शरणार्थीलाई छिमेकी मुलुकहरुमा प्रवेश गर्न आवश्यक कागजात देखाउनु नपर्ने भनिएको छ । तर, उनीहरुको आन्तरिक वा विदेश यात्राको राहदानी, नागरिकता जस्ता पहिचान वा देश खुलाउने कागजात हुनुपर्छ । शरणार्थीको स्थिति देखाउन उनीहरु युक्रेनी नागरिक वा युक्रेनमा कानुनी रुपमा बसेको हुनुपर्छ (विदेशी विद्यार्थी) । 

images
प्रकाशित मिति :फाल्गुण १७, २०७८ मंगलवार - ११:५१:२४ बजे

एजेन्सी

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology