Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

विवाहबारे बोलिन् रश्मिका मन्दाना

विवाहबारे बोलिन् रश्मिका मन्दाना

एजेन्सी

२०, फाल्गुण २०७८
विवाहबारे बोलिन् रश्मिका मन्दाना
images

गीता गोविन्दम र डियर कमरेडमार्फत तेलुगु सुपरस्टारद्वय विजय देवरकोन्डा र रश्मिका मन्दानाको जोडी चर्चामा आयो । विजयलाई ‘अर्जुन रेड्डी’ले नै चर्चामा ल्याए पनि रश्मिकासँगको जोडी दर्शकले रुचाए । फिल्ममा जोडी सुहाएको प्रतिक्रियासँगै यी दुईको सार्वजनिक भिडियोहरूले कतै प्रेममा त छैनन् ? भन्ने चर्चा पनि सुरु भयो ।

images
images

यी दुईले आफुलाई मिल्ने साथीको रूपमा मात्र बताउँदै आइरहेका छन् । तर, केही समय अगाडि देखि यी दुईको विवाहको चर्चा बढ्दो छ । केही समय अगाडि मुम्बईमा डेट गर्दै गरेको भेटिएपछि उनीहरूको विवाहको समेत चर्चा चल्न थालेको हो । यी दुईले विवाहबारे नै मुख खोलेनन् । तर, पछिल्लो एक अन्तर्वार्ताको क्रममा यसबारे रश्मिका बोलेकी छिन् । उनले यसलाई टाइम पास गसिप भनेकी छिन् । 

‘यो सबको लागि मसँग समय छैन । मेरो समय आएपछि म विवाह गर्छु नै । अहिले नै के हतार छ र ?,’ उनले भनिन् । साथै उनले आफ्नाबारेमा धेरै गसिप नबनाउन समेत आग्रह गरिन् । 

वर्कफ्रन्टको कुरा गर्ने हो भने विजय र रश्मिका दुवै अहिले आआफ्नो फिल्मको छायांकनका लागि मुम्बईमा छन् । विजय ‘लाइगर’ को छायांकनमा छन् भने रश्मिका ‘गुडबाइ’को छायांकनमा छिन् ।

images
प्रकाशित मिति :फाल्गुण २०, २०७८ शुक्रवार - १८:५४:३७ बजे

एजेन्सी

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology