Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

रुसद्धारा युक्रेनको परमाणु केन्द्र नियन्त्रणमा 

रुसद्धारा युक्रेनको परमाणु केन्द्र नियन्त्रणमा 

एजेन्सी

२०, फाल्गुण २०७८
रुसद्धारा युक्रेनको परमाणु केन्द्र नियन्त्रणमा 
images

युक्रेनमाथी आक्रमण गरिरहेको रुसले आज युक्रेनको परमाणु केन्द्र नियन्त्रणमा लिएको छ । रुसी सैनिकहरूले जापोरिज्या परमाणु केन्द्र कब्जामा लिएको युक्रेनी निकायहरूले नै पुष्टि गरेका हुन ।

images
images

यो परमाणु केन्द्र युरोपकै सवैभन्दा ठूलो रहेकोसरकारी अधिकारीहरुले बताएका छन् । आक्रमणका लागि युक्रेन आएका रुसी सुरक्षाकर्मीहरुले परमाणु केन्द्रमा बम प्रहार गरेका थिए । बम आक्रमणका कारण परमाणु कोन्द्रमा आगलागी समेत भएको थियो । त्यसपछि उनीहरुले त्यसलाई नियन्त्रणमा लिएका हुन् ।

युक्रेनको आपतकालीन सेवा प्रदान गर्ने निकायले जापोरिज्यास्थित परमाणु केन्द्रमा लागेको आगो निभाइएको पुष्टि गरेको छ । रुसी आक्रमणका कारण उक्त केन्द्रस्थित एउटा पाँचतले भवनमा समेत आगो लागेको थियो । कर्मचारीहरूले ऊर्जा एकाइको अवस्था निगरानी गरिरहेका छन् भने उनीहरुले कामलाई निरन्तरता पनि दिइरहेका छन् ।

images
प्रकाशित मिति :फाल्गुण २०, २०७८ शुक्रवार - १९:३६:५४ बजे

एजेन्सी

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology