Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

युक्रेन युद्धमा मध्यस्थता गर्न चिनियाँ राष्ट्रपति तयार

युक्रेन युद्धमा मध्यस्थता गर्न चिनियाँ राष्ट्रपति तयार

एजेन्सी

२५, फाल्गुण २०७८
युक्रेन युद्धमा मध्यस्थता गर्न चिनियाँ राष्ट्रपति तयार
images

बेइजिङ - चीनका राष्ट्रपति सी जिनपिङले युक्रेनको युद्धमा मध्यस्थता गर्न चीन अन्तर्राष्ट्रिय समुदायसँग ‘सक्रिय’ रुपमा काम गर्न इच्छुक रहेको बताएका छन् । पश्चिमा मुलुकहरुले रुसमाथि लगाएको प्रतिबन्धमाथि चीनले गरेको विरोधलाई उनले पुनः दोहोर्‍याएका छन् ।  

images
images

जर्मनीका चान्सलर ओलाफ सोल्ज र फ्रान्सेली राष्ट्रपति इम्यानुअल म्याँक्रोसँगको टेलिफोन वार्तामा राष्ट्रपति सीले युक्रेनको अवस्था ‘चिन्ताजनक’ भएको र युरोपेली महाद्धीपमा भएको युद्धबाट चीन चिन्तित रहेको   बताएको’ चीनको विदेशमन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

‘संलग्न पक्षहरुको आवश्यकताको सन्दर्भमा चीनले फ्रान्स, जर्मनी र युरोपेली युनियनसँग सञ्चार र संयोजन गर्न र अन्तराष्ट्रिय समुदायसँग सक्रिय ढंगले काम गर्नेछ,’ मन्त्रालयले भनेको छ । 

संकटको शान्तिपूर्ण समाधानका लागि सहयोग गर्नुपर्ने विज्ञप्तिमा जनाइएको छ । विदेशमन्त्रालयका अनुसार  शान्ति वार्ता प्रबद्र्धन गर्न दुई देशले बेइजिङसँग सञ्चार र संयोजन सुदृढ गर्न दुबै देश तयार रहेको सोल्ज र म्याँक्रोले बताएका छन् । 

images
प्रकाशित मिति :फाल्गुण २५, २०७८ बुधवार - २१:१७:०५ बजे

एजेन्सी

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology