Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

रुसी सेनाले नै भन्यो —युक्रेनमा मानवीय अवस्था डरलाग्दो

रुसी सेनाले नै भन्यो —युक्रेनमा मानवीय अवस्था डरलाग्दो

एजेन्सी

२९, फाल्गुण २०७८
रुसी सेनाले नै भन्यो —युक्रेनमा मानवीय अवस्था डरलाग्दो
images

किभ—युक्रेनमा मानवीय अवस्था तीव्र रुपमा बिग्रदै गएको र धेरै शहरमा अवस्था डरलाग्दो भएको रुसी सेनाले दाबी गरेको छ । युक्रेनमाथि रुसी हमलाको १७औं दिन शनिबार ‘विशेष सैन्य कारबाही’ का क्रममा रुसी सेनाले यस्तो दाबी गरेको हो । 

images
images

‘दुर्भाग्यवश युक्रेनमा मानवीय अवस्था निरन्तर तीव्र ढंगले बिग्रदै गएको छ र केही सहरमा डरलाग्दो अवस्था देखिएको छ’,रुसी राष्ट्रिय रक्षा नियन्त्रण केन्द्रका प्रमुख मिखाइल मिजिन्तसेभले भने । 

युक्रेन राष्ट्रबादी आवासीय क्षेत्रमा बिस्फोटक पदार्थहरु बिच्छाएको र सडक तथा पुल जस्ता मुख्य पूर्वाधारहरु भत्काइदिँदा सर्बसाधारण नागरिक विद्युत, पानी, खाद्यन्न र औषधिबाट बन्चित भएको उनले बताए ।

 दक्षिणपूर्वी बन्दरगाह सहर मारिओपोलमा डरलाग्दो मानवीय अवस्था विकास भएको भन्दै युक्रेनका राष्ट्रबादीहरुले घेरा हालेको सहरमा लाखौं मानिस फसेको उनले बताए । ‘विदेशीसहित लाखौं मानिसहरुलाई राष्ट्रबादीहरुले नियन्त्रणमा लिएका छन् ’, उनले भने ।  युक्रेनी सेनाले विभिन्न १६ देशका ७ हजार नागरिकलाई बन्धक बनाएकोसमेत उनले दाबी गरे ।

images
प्रकाशित मिति :फाल्गुण २९, २०७८ आइतवार - ०८:३६:५६ बजे

एजेन्सी

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology