Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

आज २९ औँ अन्तर्राष्ट्रिय अपाङ्ग दिवस मनाइँदै

आज २९ औँ अन्तर्राष्ट्रिय अपाङ्ग दिवस मनाइँदै

इच्छाकामना न्युज

१८, मंसिर २०७७
आज २९ औँ अन्तर्राष्ट्रिय अपाङ्ग दिवस मनाइँदै
images

काठमाण्डौं, १८ मंसिर
अपाङ्गता भएका व्यक्तिको २९ औँ अन्तर्राष्ट्रिय दिवस आज मनाइँदैछ । ‘कोभिड–१९ पछिको उत्कृष्ट पुनरागमनको सुनिश्चितता ः अपाङ्गता भएका व्यक्तिको पहुँच र दिगो विकासका लागि हामी सबैको प्रतिबद्धता’ भन्ने नाराका साथ यो दिवस मनाइँदै छ । 

images
images

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र राष्ट्रिय अपाङ्ग महासङ्घद्वारा हिजो आयोजित कार्यक्रममा अपाङ्गता भएका व्यक्तिको अधिकार र आवश्यकताको सवालमा साताव्यापी कार्यक्रमसहित दिवस मनाइने जानकारी गराइएको छ । हप्ताभरी अपाङ्गता भएका व्यक्तिहरूको विभिन्न सवभालमा छलफल, बहस तथा अन्तरक्रिया कार्यक्रम हुने मन्त्रालयले जनाएको छ । सरकारी निकायसँगै अपाङ्गता भएका व्यक्तिहरूको क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थाहरूले पनि फरक फरक विषयमा काम गर्दैछन् । 
राष्ट्रिय अपाङ्ग महासङ्घका महासचिव राजु बस्नेतले अपाङ्गताको विषयलाई सम्बोधन गर्न यकिन तथ्याङ्क आउने गरी राष्ट्रिय जनगणना २०७८ मा हुने जनगणनालाई समावेशी बनाई अपाङ्गता भएका व्यक्तिको समेत वास्तविक गणना गर्न आग्रह गर्नुभएको छ । 

images
प्रकाशित मिति :मंसिर १८, २०७७ बिहिवार - ०८:३८:५२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology