Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

बाढीपीडितले मेलम्ची आयोजना चैत्र १ बाट ठप्प गराउने

बाढीपीडितले मेलम्ची आयोजना चैत्र १ बाट ठप्प गराउने

इच्छाकामना न्युज

१, चैत्र २०७८
बाढीपीडितले मेलम्ची आयोजना चैत्र १ बाट ठप्प गराउने
images

फागुन ३०, सिन्धुपाल्चोक । मेलम्ची खानेपानी आयोजना प्रभावित तथा बाढीपीडित सरोकार समन्वय समितिले खानेपानी आयोजना नै ठप्प गराउने भएका छन् ।

images
images

मेलम्ची खानेपानी आयोजना प्रभावित तथा बाढीपीडित समन्वय समितिका संयोजक अर्थात ह्योल्मो सिन्धु मेलम्ची उपत्यका सामाजिक उत्थान कार्यक्रम सञ्चालन समितिका अध्यक्ष उपेन्द्र तामाङले मानवीय साधनहरूको क्षति भएको भन्दै समस्या समाधान हुन नसक्नु दुःखद रहेको बताउदै  चैत्र १ मंलबारबाट ठप्पै गराउने निर्णय गरेको बताए ।

हेलम्बु बाढीपिडित सरोकार समन्वय समितिका उपाध्यक्ष अर्जुन भण्डारीका अनुुसार “लामो समय देखि सरोकारवाला निकायको पटकपटक ध्यानाकर्षण गराएपनि कुनै निकायले वास्ता नगरेको ,जति ज्ञापन पत्र बुझाउदै आए पनि बाढीबाट प्रभावित क्षेत्रको समस्या समाधान नभएको, बाढी गएको ९ महिना बितिसक्दा पनि राज्यको ध्यान नपुगेको , राज्यको ध्यान नपुगेसम्म सबै काम बन्द गर्ने निष्कर्ष छ । ”

कार्यक्रममा सांसद शेरबहादुर तामाङ , नेकपा  एमालेका पुर्व अध्यक्ष हस्त पण्डित, नेकपा एमालेको बाग्मती प्रदेशको सदस्य बालकूष्ण देउजा , मेलम्ची नगरपालिकाका मेयर डम्बर अर्याल , वडाध्यक्ष लगाएतका जनप्रतिनिधिहरुको उपस्थितमा सो निर्णय भएको नेकपा एमालेको बाग्मती प्रदेशको सदस्य बालकृष्ण देउजाले बताए ।

 यस अघि पनि समितिले विभिन्न माग अगाडि सादै चैत १ गतेसम्म पनि नेपाल सरकार र मेलम्ची खानेपानी आयोजनाले आफूहरूको मागलाई सम्बोधन नगरे आयोजना बन्द गराउन बाध्य हुने चेतावनी दिएको थियो ।

images
प्रकाशित मिति :चैत्र १, २०७८ मंगलवार - ०८:३६:४९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology