Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

रुसी हमलामा ८५ बालबालिकाको मृत्यु, दर्जनाैं घाइते

रुसी हमलामा ८५ बालबालिकाको मृत्यु, दर्जनाैं घाइते

एजेन्सी

१, चैत्र २०७८
रुसी हमलामा ८५ बालबालिकाको मृत्यु, दर्जनाैं घाइते
images

किभ-युक्रेन माथिको रुसी हमलामा अहिलेसम्म ८५ बलाबालिको मृत्यु भएको छ । युद्धका कारण दर्जनौँ बालबालिका घाइते भएका छन् । ‘रुसी संघको आक्रमक सैन्य हमलामा १३ मार्चसम्म ८५ बालबालिका मारिएका छन् भने १०० जना घाइते भएका छन्’ युक्रेनको महान्यायधिवत्ताको कार्यलयले भनेको छ । मारिने र घाइते हुनेमध्ये अधिकांश किभ, खार्किभ, दोनेत्सक, सुमी, खेर्सन, माइकोलिभ र जाइटोमाइर क्षेत्रका छन् ।

images
images

पछिल्लो घटनामा युद्धग्रस्त क्षेत्रबाट सुरक्षित क्षेत्रतर्फ जाने क्रममा सर्वसाधारण सवार एउटा कारमा ११ मार्चमा रुसी सेनाले गरेको गोलाबारीमा एक बालक मारिएका थिए ।

रुसी हमलामा अहिलेसम्म ३६९ ओटा शैक्षिक संस्थामा क्षति पुगेको ५७ ओटा पूर्णरुपमा ध्वस्त भएको प्राप्त विवरणहरुमा जनाइएको छ ।

यसैबीच सोमबार रुसी सेनाले पोल्यान्डसँगको सीमामा रहेको एउटा युक्रेनी आधारमा हमला गर्दा ३५ जनाको मृत्यु र १३० जना घाइते भएका थिए ।

images
प्रकाशित मिति :चैत्र १, २०७८ मंगलवार - ०९:१०:४५ बजे

एजेन्सी

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology