Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

युक्रेनमा हरेक एक सेकेन्डमा एक बालक/बालिका शरणार्थीः राष्ट्रसंघ

युक्रेनमा हरेक एक सेकेन्डमा एक बालक/बालिका शरणार्थीः राष्ट्रसंघ

एजेन्सी

२, चैत्र २०७८
युक्रेनमा हरेक एक सेकेन्डमा एक बालक/बालिका  शरणार्थीः राष्ट्रसंघ
images

न्युयोर्क-२४ फेब्रुवरीमा रुसी सेनाले युक्रेनमा हमला गरेपछि करीब १४ लाख बालबालिकाले युक्रेन छाडेका राष्ट्रसंघले जनाएको छ । यस हिसाबले हरेक एक सेकेन्डमा एक जना बालका/ बालिका शरणार्थी बनेका छन् । इन्टरनेसनल अर्गनाइजेसन फर माइग्रेन्सन (आईओएम) ले  जारी गरेको ताजा तथ्यांकअनुसार  युक्रेनबाट ३० लाखभन्दा बढी मानिस पलायन भएका छन् । तीमध्ये झण्डै आधा बालबालिका छन् ।

images
images

‘पछिल्लो २० दिनमा औषतमा युक्रेनमा हरेक दिन ७० हजार बालबालिका शरणार्थी बनेका छन्,’राष्ट्रसंघको बालबालिकासम्बन्धी निकाय यूनिसेफका प्रवत्ता जेम्स इल्डरले भने ।

‘गति र मापनको हिसाबले यो संकट दोस्रो विश्वयुद्ध पछि अभूतपूर्व हो,’ उनले भने । युद्ध र द्वन्द्वका कारण आफ्नो घरबाट निकालिएका सबै बालबालिकाहरू जस्तै ती सीमावर्ती देशहरूमा पुगेका युक्रेनी बालबालिकाहरू पारिवारिक बिछोड, हिंसा, यौन शोषण र बेचबिखनको ठूलो जोखिममा भएको उनले बताए ।

‘उनीहरूलाई सुरक्षा, स्थायित्व र बाल संरक्षण सेवाहरूको आवश्यकता छ’ उनले भने । 

images
प्रकाशित मिति :चैत्र २, २०७८ बुधवार - ०८:१२:३६ बजे

एजेन्सी

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology