Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

युद्धविरोधी प्लेकार्ड देखाउने टेलिभिजन सम्पादकलाई २८० डलर जरिवाना

युद्धविरोधी प्लेकार्ड देखाउने टेलिभिजन सम्पादकलाई २८० डलर जरिवाना

एजेन्सी

२, चैत्र २०७८
युद्धविरोधी प्लेकार्ड देखाउने टेलिभिजन सम्पादकलाई २८० डलर जरिवाना
images

किभ-युक्रेनमा राष्ट्रपति पुटिनको सैन्य कारबाहीको विरोध गर्ने रुसी टिभी सम्पादकलाई अदालतले   २८० डलर जरिवाना सुनाएको छ । टेलिभिजन सम्पादक म्यारिना ओभस्याननिकोभाले टेलिभिजनमा समाचार प्रसारण भइरहेका बेला समाचार बाचिकाको पछाडि उभिएर  ‘युद्ध होइन’ लेखिएको प्लेकार्ड देखाएकी थिइन् ।

images
images

सो समाचार क्लिप विश्वभर भाइरल भएको थियो । युक्रेनी मूलकी उनले बोकेको प्लेकार्डमा लेखिएको थियो, ‘युद्ध होइन । युद्ध रोक । प्रोपोगान्डामा विश्वास नगर । तपाईलाई उनीहरुले यहाँ ढाँटेका छन् ।’  

ओभस्याननिकोभाले अदालतसामू आफू दोषी नभएको बताइन । उनले अदालतअगाडि भनिन्, ‘म अझै पनि विश्वस्त छु की रुसले अपराध गरिरहेको छ ।’ रुसी अधिकारीहरुले आफूलाई १४ घन्टासम्म सोधपुछ गरेको उनले बताइन् । 

images
प्रकाशित मिति :चैत्र २, २०७८ बुधवार - ०८:३३:१२ बजे

एजेन्सी

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology