Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

राष्ट्रिय दलको मान्यता नपाएका साना दलहरूले पनि आफ्नै चुनाव चिह्न पाउने 

राष्ट्रिय दलको मान्यता नपाएका साना दलहरूले पनि आफ्नै चुनाव चिह्न पाउने 

सिआईएन

३, चैत्र २०७८
राष्ट्रिय दलको मान्यता नपाएका साना दलहरूले पनि आफ्नै चुनाव चिह्न पाउने 
images

काठमाण्डौ, ३ चैत । आगामी स्थानीय तह निर्वाचनका लागि राष्ट्रिय दलको मान्यता नपाएका साना दलहरूले पनि आफ्नै चुनाव चिह्न पाउने भएका छन् । निर्वाचन आयोगको हिजो बसेको बैठकले राष्ट्रिय दलको मान्यता नपाएका दलहरूलाई सशर्त दलीय चुनाव चिह्न दिने निर्णय गरेको हो ।

images
images

स्थानीय तह निर्वाचन ऐनको दफा २६ मा राष्ट्रिय मान्यता प्राप्त दललाई मात्र दलीय चुनाव चिह्न दिने व्यवस्था छ । तर साना दलहरुले आफ्नै चुनाव चिह्न पाउनुपर्ने माग गरेपछि आयोगले सशर्त दलीय चुनाव चिह्न दिने प्रस्ताव अघि सारेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सीआईएनसँग बताउनुभयो ।

तर, आयोगले मागेको विवरणहरू नबुझाउने दलका उम्मेदवारलाई भने स्वतन्त्र उम्मेदवारलाई प्रदान गरिने चुनाव चिह्न नै प्रदान गरिने आयोगले जनाएको छ । 

images
प्रकाशित मिति :चैत्र ३, २०७८ बिहिवार - ०९:००:१६ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology