Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

युक्रेनसँग शान्ति सम्झौता गर्न यस्ता छन रुसका माग

युक्रेनसँग शान्ति सम्झौता गर्न यस्ता छन रुसका माग

एजेन्सी

४, चैत्र २०७८
युक्रेनसँग शान्ति सम्झौता गर्न यस्ता छन रुसका माग
images

एजेन्सी । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँग शान्ति सम्झौता गर्नका लागि आफ्ना टर्किश समकक्षीसमक्ष केही मागहरू अघि सारेका छन्। बिहीवार टेलिफोनवार्ताका क्रममा पुटिनले रेजेप तय्यीप एर्दोआनलाई रुसका मागहरू बताएका हुन्।

images
images

रुसका चारवटा मागहरू पूरा गर्न युक्रेनलाई धेरै गाह्रो छैन। तीमध्ये एउटा प्रमुख माग भनेको युक्रेन तटस्थ बस्नुपर्ने र उत्तर एट्लान्टिक सन्धि सङ्गठन नेटोको सदस्यताका लागि अघि बढ्न नहुने रहेको छ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यो मागलाई स्वीकारिसकेका छन्। पहिलो भागका अरू मागहरू धेरैजसो रुसले जितेको जस्तो देखाउने खालका छन्।

रुसका लागि खतरा नभएको सिद्ध गर्न युक्रेन निरस्त्रीकरणको प्रक्रियामा जानुपर्ने अर्को माग रहेको छ ।

त्यस्तै युक्रेनमा रुसी भाषालाई संरक्षण गर्नुपर्ने र सार्वजनिक जीवनबाट नाजीवादका सबै अवशेष एवम् प्रभावको अन्त्य हुनुपर्ने माग छ।

यो माग भने जेलेन्स्कीका लागि अपमानजक मानिएको छ । किनकी जेलेन्श्की आफैँ एक यहुदी हुन् र उनका पनि केही आफन्तहरू यहुदी नरसंहारमा मारिएका थिए।

तर रुसको त्यो माग पनि पूरा गर्न जेलेन्स्कीलाई खासै गाह्रो नहुने टर्कीको विश्वास छ। नवनाजीवादका सबै स्वरूपको युक्रेनले निन्दा गर्दा पर्याप्त हुनेछ।

दोस्रो भागका मागहरु भने केही कठिन प्रक्रितिका छन । पुटिनका अनुसार रुस र युक्रेनबीच सहमति हुनअघि जेलेन्स्कीसँग उनले साक्षात वार्ता गर्नुपर्ने उल्लेख छ ।

जेलेन्स्कीले पनि पुटिनसँग प्रत्यक्ष वार्ता गर्नका लागि आफू तयार रहेको पहिल्यै बताइसकेका छन्। बिबिसी ।

images
प्रकाशित मिति :चैत्र ४, २०७८ शुक्रवार - ०८:३०:०५ बजे

एजेन्सी

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology