Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

स्थानीय तहको निर्वाचन : इच्छाकामनाको टोल टोलमा टोल कमिटि गठन गर्ने अभियान चलाउदै राजनैतिक दलहरु

स्थानीय तहको निर्वाचन : इच्छाकामनाको टोल टोलमा टोल कमिटि गठन गर्ने अभियान चलाउदै राजनैतिक दलहरु

चित्र बहादुर गुरुङ

१०, चैत्र २०७८
स्थानीय तहको निर्वाचन : इच्छाकामनाको टोल टोलमा टोल कमिटि गठन गर्ने अभियान चलाउदै राजनैतिक दलहरु
images

कुरिनटार, १० चैत । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको मिति नजिकिएसँगै राजनैतिक दलका गतिविधिहरु बढ्न थालेको छ। यतिबेला चितवनको एकमात्र गाउँपालिका इच्छाकामनाका गाउँगाउँमा राजनैतिक दलका गतिविधिहरु बढेका छन्।

images
images

मुख्यतयः नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संगठनहरु रहेको इच्छाकामनामा यतिबेला दलहरुले राजनैतिक गतिविधि बढाइरहेका छन्। नेकपा माओवादी केन्द्रले सुरुदेखि टोल टोलमा टोल कमिटि गठन गर्ने अभियान चलाएका छन्। चैत २३ गतेसम्ममा टोलटोलमा माओवादी केन्द्रको टोल कमिटि गठन गरिसक्ने नेकपा माओवादी केन्द्रका बागमती प्रदेश कमिटि सदस्य प्रताप गुरुङ मौसमले जानकारी दिए। उनका अनुसार त्यसपछि पार्टीको मिटिङ बसेर थप अभियान चलाईनेछ।

यस्तै नेपाली काँग्रेसले पनि यतिबेला ‘घरघरमा जाऔँ, नेपाली काँग्रेसलाई जिताऔँ’ भन्ने अभियानका साथ इच्छाकामना गाउँपालिकाको हरेक टोल टोलमा टोल समिति गठन गर्ने अभियान चलाईरहेको नेपाली काँग्रेस इच्छाकामनाका सभापति एवं गाउँपालिका उपाध्यक्ष कृति कुमार श्रेष्ठले बताए।

उता नेकपा एमालले पनि टोल टोलमा कमिटि गठन गर्दै एक चरणको अभियान सकाईसकेको छ भने घरदैलो कार्यक्रम जारी नै राखेको नेकपा एमाले इच्छाकामनाले जानकारी दिएको छ।

यसपटक पनि इच्छाकामना गाउँपालिकामा नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रकै बिच प्रतिस्पर्धा हुने देखिएको छ । तर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले समेत इच्छाकामनामा संगठन विस्तार गरेकोले उसले पनि स्थानीय तहको निर्वाचनमा इच्छाकामनामा उम्मेद्वार उठाउने सम्भावना उत्तिकै देखिन्छ। 

images
प्रकाशित मिति :चैत्र १०, २०७८ बिहिवार - २०:४२:०९ बजे

चित्र बहादुर गुरुङ

पत्रकार चित्र बहादुर गुरुङ इच्छाकामना न्युजका कार्यकारी सम्पादक हुन् भने मनकामना एफ. एम. ९८.७ मेगाहर्जको स्टेशन म्यानेजर र आँबुखैरेनी सन्देश साप्ताहिक पत्रिकाका कार्यकारी सम्पादक समेत हुन्।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology