Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

इच्छाकामनाको चण्डिभञ्जयाङ स्वास्थ्य चौकीमा एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

इच्छाकामनाको चण्डिभञ्जयाङ स्वास्थ्य चौकीमा एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

इच्छाकामना न्युज

१३, चैत्र २०७८
इच्छाकामनाको चण्डिभञ्जयाङ स्वास्थ्य चौकीमा एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

चण्डिभञ्ज्याङ्ग, १३ चैत । चितवनको पहाडी ईलाका ईच्छाकामनाको चण्डिभञ्जयाङमा निःशुल्क स्वाथ्य शिविर समपन्न भएको छ । चितवन तथा गैडाकोटमा रहेका १३ वटा लायन्स क्लबको सहकार्य र लायन्सस क्लब अफ बैद्धिकनगरको संयोजकत्वमा एक दिने निशुल्क शिविर गरिएको थियो । एकदिने स्वाथ्य शिविरमा ३ सय ५० जनाको निशुल्क स्थाथ्य परीक्षणसँगै औषधि बितरण गरिएको लायन्स क्लब अफ बैद्धिकनगरका अध्यक्ष विजय सापकोटाले जानकारी दिए ।

images

स्वास्थ्य शिविरमा एक सय ५० जना स्थानीयको आँखा परिक्षण गरिएको थियो । जस मध्य २४ जनामा मोतियन बिन्दुको समस्या देखिएको लायन्स क्लब अफ स्माईल क्राफ्टर्सका अध्यक्ष रोशन आचार्यले जानकारी दिए । शल्लेक्रिया गर्नु पर्ने बिरामीहरुको आईतबार चण्डिभञ्जयाङ स्ववाास्थ्य चौकीमा पिसिआर परिक्षण पछि भरतपुरमा ल्याएर निशुल्क अप्रेसन गरिने आचार्यले बताए ।

उक्त शिविरमा एक सय ५० बिद्यार्थी सहित दुई सय ८० जना सर्वसाधारणहरुको दाँत परीक्षण समेत गरिएको थियो । जस मध्य २० जनाको दाँत निकालिएको थियो भने अन्य १० जनाको दाँतको उपचार भरतपुरमा ल्याएर उपचार गरिने छ ।

शिविमै महिलाहरुमा देखिने रोगका बिषयमा समेत बरिष्ठ स्त्री रोग बिशेषज्ञ चिकित्सक डाक्टर सारदा कुंवरले परीक्षण गर्नु भएको थियो । लायन्स क्लबकी डिस्ट्रिक कोचिफ एडभाईजर समेत रहेकी कुंवरले ७० भन्दा बढी महिलाको स्वास्थ्य परिक्षण गरेकी थिन् । उत्त शिबिरमा छालासँगै घोडा र ढाड को समस्या भएका बिरामी अधिकांश रहेको पाईएको थियो ।

निशुल्क स्वास्थ्य परीक्ष्णसँगै बितरण गरेको औषधि लायन्स क्लब अफ चितवन चौैतारीकी अध्यक्ष डाक्टर गंगा सापकोटाले उपलब्ध गराउनु भएको थियो । लायन्स क्लब अफ बैद्धिकनगरले संयोजक भुमिका निर्वाह गरेको कार्यक्रममा लायन्स क्लब अफ चितवन युथ, लायन्स क्लब अफ बैद्धिकनगर चिसापानी, लायन्स क्लब अफ चितवन ईभरग्रीन, लायन्स क्लब अफ चितवन हेलपीङ हेण्डस, लायन्स क्ललब अफ चितवन युथ लेडिज, लायन्स क्लब अफ चितवन ईनोभेटिब, लयन्स क्लब अफ स्माईल क्राफ्टर्स, लायन्स क्लब अफ चितवन चौतारी, लायन्स क्लब अफ चितवन नवलपुर समृद्धि, लायन्स क्लब अफ चितवज स्पन्दन, लायन्स क्लब अफ भरतपुर चौतारी र लायन्स क्लब अफ गैडाकोट उतकृष्ट सहकार्यको रुपमा रहेका थिए ।

लायन्स क्लब अफ बैद्धिकनगरका अध्यक्ष बिजय सापकोटा अध्यक्षा रहेको कार्यक्रममा लायनस क्लबकी डिस्ट्रिकीको चिफ एडभाईजर डाक्टर सारदा कुंवर प्र्रमुख अतिथि रहनु भएको थियो । शिबिरमा ईच्चछाकामना गाँँउपालिलका वडा नम्बर ६ का वडा अध्यक्ष भुपेन्द्र चेपाङ, वडा सदस्य राम बहादुर घर्ती, चण्डिभञ्जयाङ स्वास्थ्य चौैकिका प्रमुख भक्त गुरुङ, लगाएतको उपस्थित रहेको थियो । शिबिरमा चिकित्सकहरु डा. सारदा कुंवर, डा. रोशन आचार्य, डा. देबेन्द्र कंडेल, डा. सुजन अधिकारी, डा. सञ्जोक बर्तौला लगाएतले स्वास्थ्य परीक्ष्ण गरेका थिए ।

 

images
प्रकाशित मिति :चैत्र १३, २०७८ आइतवार - ०९:५८:३६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology