Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

युक्रेनलाई थप हतियार सहयोग गर्ने अमेरिकाको तयारी 

युक्रेनलाई थप हतियार सहयोग गर्ने अमेरिकाको तयारी 

एजेन्सी

१३, चैत्र २०७८
युक्रेनलाई थप हतियार सहयोग गर्ने अमेरिकाको तयारी 
images

अमेरिकाले युक्रेनलाई थप हतियार सहयोग गर्ने तयारी गरेको छ। समाचार संस्था रोयटर्सका अनुसार सर्वसाधारणका लागि सुरक्षा सहयोग स्वरुप अमेरिकाले युक्रेनलाई थप एक मिलियन डलर सहयोग गर्ने तयारी गरेको हो ।

images
images

अमेरिकाले दिने सहयोग रकम युक्रेनको आन्तरिक मामिला मन्त्रालयको क्षमता विस्तारका लागि खर्च हुने बताइएको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले थप सहयोग युक्रेनको सीमा सुरक्षा, महत्वपूर्ण सरकारी संरचनाको रक्षासहितका लागि खर्च हुने बताउनुभयो ।

यसैबीच, पश्चिमा मुलुकहरूले रुस युक्रेन युद्धमा असफल भएको निस्कर्स निकालेका छन् । रुसले युक्रेनमा जारी युद्धको पहिलो चरण सकिएको घोषणा गरेपछि पश्चिमा मुलुकहरूले यस्तो निस्कर्स निकालेका हुन् ।

पोल्याण्ड भ्रमणमा रहनुभएका अमेरिकी राष्ट्रपति जो बाइडनले युक्रेनलाई सहयोग गर्नका लागि अमेरिका सँधै तयार रहेको भन्दै नाटोको सीमा क्षेत्रमा प्रवेश प्रवेश नगर्न रुसलाई चेतावनी दिनुभयो । यस्तै बेलायत, क्यानडा, जर्मनी लगायतका मुलुकले एक महिनादेखि जारी युद्धमा असफल भएको भएको बताएको हो ।

images
प्रकाशित मिति :चैत्र १३, २०७८ आइतवार - १०:४५:४० बजे

एजेन्सी

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology