Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

रोल्पाकै बलमा देशैभर माओवादीको सन्देश प्रवाह गर्न सकेको अध्यक्ष प्रचण्डको भनाइ 

रोल्पाकै बलमा देशैभर माओवादीको सन्देश प्रवाह गर्न सकेको अध्यक्ष प्रचण्डको भनाइ 

सिआईएन

१४, चैत्र २०७८
रोल्पाकै बलमा देशैभर माओवादीको सन्देश प्रवाह गर्न सकेको अध्यक्ष प्रचण्डको भनाइ 
images

बुद्धिमान ओली, रोल्पा, १४ चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रोल्पाको सहयोगकै कारण देशभर माओवादी शक्ति सञ्चार गर्न पाएको बताउनुभएको छ । स्थानीय तह निर्वाचनलाइ लक्षित गर्दै आज रोल्पाको सदरमुकाम लिवाङ पुग्नुभएका अध्यक्ष प्रचण्डले रोल्पाली जनताले जनयुद्धमा गरेको योगदान जस्तै अब फेरी अर्को उर्जा लिन रोल्पा आएको बताउनुभयो  ।

images
images

अध्यक्ष प्रचण्डले पछिल्लो समय रोल्पा आउन नसकिएको प्रति दुख लागेको बताउदै केन्द्रमा नै रहेपनि रोल्पाप्रतिको चासो उत्तिकै रहेको बताउनुभएको थियो । त्यसअघि रोल्पा नगरपालिकाको सातदोबाटोमा निर्मित भ्युटावरको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले रोल्पामा पुनः बिगतकै उर्जा प्रदान हुने र आउदो चुनावमा रोल्पाका सबै स्थानीय तहमा जित हासिल हुने गरी काम गर्न पार्टी पंक्तिलाइ आग्रह गर्नुभएको थियो ।

जनयुद्ध कालमा लामो समय रोल्पामा बिताएको स्मरण गर्दै उहाँले संघर्षकै बलमा स्थापित सङ्घीयतामा माओवादी केन्द्र पार्टीको मुख्य एजेन्डा बल्ल अहिले अन्य दलले स्वीकारेको प्रति  रोल्पाको उपलब्धि भएको बताउनुभएको थियो ।

माओवादी पार्टीले हार्दा सङ्घीयता खतरा हुने बताउदै त्यो कुरा हाल आएर देशैभर बोध गराउन प्रदेश स्तरीय प्रशिक्षण सकेको र त्यसलगत्तै रोल्पा आएको बताउनुभएको थियो । 

images
प्रकाशित मिति :चैत्र १४, २०७८ सोमवार - १९:२२:२२ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology